International News
»
यूएईमा ८ बर्ष देखी जेलमा रहेका नेपाली घर फिर्दै/अर्का दुई नेपाली मृत्युदन्डको दिन पर्खदै
यूएईमा ८ बर्ष देखी जेलमा रहेका नेपाली घर फिर्दै/अर्का दुई नेपाली मृत्युदन्डको दिन पर्खदै
उमाकान्त पाण्डे गाउंले मंसिर , दुबइ – संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह राज्यमा नेपाली हत्याको अभियोगमा मृत्युदण्डको फैसला सुनाइएका चित्रे-४,पर्वतका दुर्गाबहादुर सुनार अदालतबाट आममाफी पाएर घर फिर्ने भएका छन । सुनसरी, हाँसपोसा-२ का गणेशबहादुर बस्नेतलाई हत्या गरेको अभियोगमा ८ बर्षयता जेलमा थुनिएका सुनारलाई ‘आममाफी दिनका लागि बस्नेत परिवारले राजीखुशीले स्वीकारपत्र’ पठाएपछि अदालतले यो सहमतीलाई सदर गरेको दुतावासले जनाएको छ । आममाफी पाएका सुनार घरफिर्तीकालागी घरफिर्ती केन्द्र (डिपोर्टेसन)मा पुगेको यूएईका लागि नेपाली राजदुत धनन्जय झाले जानकारी दिए । बस्नेत र सुनार दुबैको परिवारको आर्थिक अवस्था कमजोर भएकाले एकआपसमा भएको सहमतिमा सुनारले आममाफी पाएका हुन् । यसैगरी, आबुधावी अन्तर्गत अलऐन जेलमा थुनामा रहेका संखुवासभा मंडेपोखरी ३ का अनिश खालिङ राईलाई यहाँको अदालतले मृत्युबदण्डको सजायँ सुनाएको छ । ‘एक पाकिस्तानी नागरिकले राईलाई दुष्कर्म गर्न खोजेको बयान भएपनि पाकिस्तानी स्वयम हातखुट्टा बाँधिएको अवस्थामा छुरी हानेर मारिएको भेटिएकोले घटनाको छानबिनका लागि अध्ययन हुँदै छ,’राजदूत झाले भने । यूएईको एक रेष्टुरेन्टमा केही महिना पहिले भएको भनाभनमा नेपाली र पाकिस्तानी नागरिककाबीच झगडा भएको थियो । झगडापछिको झडपमा घाइते भएका पाकिस्तानीको ज्यान गएपछि राई २०६९ कार्तिक ९ गते पक्राउ परेका थिए । राई रोजगारीका लागि ४ बर्षअघि यूएई आएका हुन । स्थानीय अदालतले २ लाख दिराम (झण्डै ५४ लाख रुपैयाँ) ब्लड-मनीबापतको पैसा मृतक परिवारलाई बुझाएपछि मात्रै आममाफीको प्रकृया अघि बढ्ने जनाएको राजदुत झाले बताए । अहिले मृतक पाकिस्तानी परिवारको ठेगाना र आममाफीको अन्य आधार पत्ता लगाउने प्रयास भइरहेको राजदुत झाको दावी छ । त्यस्तै हाल सम्म यूएईमा सबैभन्दा लामो समय यता मृत्युदन्डको सजाय पाएर जेलजीवन बिताइरहेकादार्चुला, धारीका अमरबहादुर बमलाई आजीवन कारावास सजाय हुन सक्ने संभावना बढेको दुतावास उच्च स्रोतले बताएको छ । बम सुरक्षित छन , दुतावास तथा नेपाल सरकारले नीरन्तर पहल गरिरहेको छ ,’ दुतावास अधिकारीले भने,’तर हत्या योजना र अभियोगमा नकार्न नसकिने कारणहरु पाइएको छ, तीन तहमा पुगेर मृत्युदण्ड फैसला आएको छ,’तर नेपाल सरकारले लेखेको आममाफी आग्रहको पत्र र परिबन्दको अभियुक्तका आधारमा अमरलाई मृत्युदण्ड नदिइने संकेत मिलेको दुतावासको दावी छ। बम भारतीय नागरिक शरद सेट्ठीको हत्या अभियोगको परिबन्दमा परेका हुन । सेट्ठीको हत्या गर्न योजनाबद्ध रुपमा संलग्न रहेका भारतीय नागरिक मनोज मुदाना, करनसिंह राजपुतको गाडी अमरले चलाएका कारण उनी पनि परिबन्दको शिकार बनेको नेपाली समाज, युएइका भुतपुर्वक अध्यक्ष कृष्ण ढकालको दावी छ । सन् २००२ डिसेम्बर २३ मा भारत हुदै युएइ आएका ३४ बर्षे अमर २००३ को जनवरी २६ बाट दुबई जेलमा थुनामा छन् । बम पक्राउ परेको बारे यूएईका लागि यस् अघिका नेपाली राजदुत अर्जुन बहादुर थापाले सन २००९ मा मात्र सार्वजनिक गरेका थिए । नेपाली पक्राउ परेको र मृत्युदन्ड सजाय सुनाइको ६ बर्ष सम्म दुतावास मौन रहनुको पछाडि पनि रहस्य रहेको हुन सक्ने जानकारहरु बताउछन । यस् बारे यूएईमा रहेका संघसस्थाका प्रतिनिधिहरुले तत्कालिन राजदुत थापा र तत्कालिन उपप्रधान तथा पररास्ट्र मन्त्री सुजाता कोइरालालाई को प्रत्यक्ष भेटघाटको क्रममा जिज्ञासा राखेका थिए । राजदुत थापाले यस् बारे ‘गोप्य ब्रिफिङ’ गर्ने भन्दै तर्किए । यधपी संघसस्था र समाजसेवीको पहलमा ‘टेबुल टल्क’ भए पछि पररास्ट्रको निर्देशनमा उनको रिहाइका लागि यूएई सरकार सग पहल गर्न नेपाली दुतावासलाई पत्र समेत लेखेको थियो । त्यस पछि मात्र दुतावासले केही प्रयास गरेको अनुमान समाजसेवीहरु गर्थे । दुतावासले पत्र लेखेर अमर बमको बारे समय समयमा बुझ्न वा पत्रकार समाजसेवीको टोली लाई भेट दिन आग्रह गर्दै अख्तियारी पत्र समेत दिने गर्थ्यौ । यधपी हालका राजदुत धनन्जय झा को नियुत्ती पछि भने खासै पहल नभएको भन्ने बिभिन्न संघसस्थाका प्रतिनिधिहरुले बताउछन । उनीहरुका अनुसार अहिले बमलाई भेट्नका लागि अख्तियारी पत्र समेत दिईन छोडिएको छ ।prabasionline
0 comments
Write Down Your Responses