यमनमा हिंस्रक झडप, १०० भन्दा धेरै मारिए
साना, कार्तिक १७, यमनमा कट्टर इस्लामी सुन्नी संगठन सलाफी र शिया विद्रोहिहरूका बीचमा गत तीन दिन देखि जारी हिंस्रक झडपमा परि १०० भन्दा धेरै मानिसहरू मारिएपछि युद्धविराम को घोषणा गरिएको छ ।
यमनका एक अधिकारी का अनुसार सलाफी संगठन र शिया विद्रोहिहरूका बीचमा अब संघर्षविराम समझौताको घोषणा गरिएको छ । संघर्षविरामका लागी दुबै संगठनहरूलाइ राजी गर्नका लागी राष्ट्रपति द्वारा गठित एक समिति का सदस्यले बताए अनुसार सेनाका दुइ टुकडिहरूले यस समझौतालाइ उत्तरी सादा प्रान्तमा लागू गर्नेछन ।
सुन्नी संगठन सलाफी का अनुसार विगत तीन दिनमा उसले आफ्ना १०० भन्दा धेरै लडाकुहरू गुमाएको छ । उता, शिया विद्रोहिहरूले भने यस झडपमा परि होती समुदाय का १२ देखि अधिक मानिसहरू मारिएका छन ।
स्मरणीय छ कि यमनमा शिया र सुन्नी समुदायका बीचमा कयौं बर्षदेखि हिंस्रक संघर्ष जारी रहेको छ । यस झडपमा फाइदा उठाएर यहां अल कायदा ले पनि आफ्नो ठागानानै बनाएको छ ।
0 comments
Write Down Your Responses