आर्यनको सिनेमा हेर्न आएकी प्रेमिकाले किन मुख लुकाइन् ?

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाण्डौको कमलादी स्थित बीग सिनेमा हलमा आइतबार चलचित्र ‘मधुमास’ हेर्न पुगेका चलचित्र पत्रकारहरुले केही फरक अनुभुती गरे । चलचित्र हेरे पछि उनीहरुले सस्पेन्स पाटोलाई निक्कै रुचाएको बताए । चलचित्रको पहिलो पाटोले केही पट्यार लगाएपनि दोश्रो पाटोले भने दर्शकलाई मझैले बाधेको तर्क उनीहरुको थियो ।चलचित्रको प्रेस शोमा चलचित्रकी नव नायिका पूजा शर्मा, निर्देशक सुदर्शन थापा, निर्माता बाबुराम दाहाल, कलाकार मनोज आरसी, कोरियोग्राफर रीनशा राई पनि पुगेका थिए ।



तर चलचित्र हेरेपछि हल परिसर बाहिर पुगेका पत्रकारहरुले नायक आर्यन सिग्देललाई नभेटे पनि उनकी प्रेमिका सपना भण्डारीलाई भने भेटे । तर अचम्मको कुरा के देखियो भने आर्यनसँग हालै मात्र ईन्गेजमेन्ट गरेकी सपनाले पत्रकारको क्यामेरामा फोटो खिचाउन भने मानिन् ।

उनी आफ्नो अनुहार लुकाउँदै हल भित्र प्रवेश गरेकी थिइन् । सपनाको यो व्यवहारले पत्रकारहरुलाई अचम्मित बनाइदियो । चलचित्र ‘मधुमास’ यतिबेला देशभरका हलमा चलिरहेको छ । चलचित्रले देशभरका हलमा राम्रो व्यापार गरिरहेको निर्माता बाबुराम दाहालको तर्क छ । चलचित्रमा आर्यन सिग्देल, मनोज आरसी, पूजा शर्मा, सिवागिंनी राणा लगायतका कलाकारको अभिनय छ ।

एक हनिमुन मनाउन हिडेका जोडी र उनीहरुले भोग्ने विभिन्न खालका परिघटनाहरुलाई सिनेमाले देखाउन खोजेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses