कांग्रेसले प्रत्यक्षमा एकसय २५ सिट जित्छः पौडेल

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१० कात्तिक, काठमाडौ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मंसिर ४ को संविधानसभाको चुनावबाट कांग्रेसले एक सय २५ सिट बढी जितेर संविधान निर्माणको नेृत्वत गर्ने बताउनुभएको छ ।



आइतबार राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै उपसभापति पौडेलले मंसिर ४ पछि कांगे्रस पहिलो शक्ति हुने दावी गर्नुभयो । ‘का“ग्रेसले यो पटक संविधानसभामा बुहमत ल्याउँछ । प्रत्पक्षतर्फ यसपटक सवा सय सिट जित्नेमा हामी ढुक्क छौं ।’

पहिलो संविधानसभाको चुनावमा माओवादी पहिलो शक्ति बनेर लोकतन्त्र मास्ने संविधान बनाउने प्रयत्न गरेकाले संविधानसभा विघटन भएको बताउँदै उपसभापति पौडेलले यसपटक भने कांग्रेसको नेतृत्मा एक वर्षभित्र संविधान जारी हुने दावी गर्नुभयो । ‘देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरिछाड्छौ । संविधान निर्माणको नेतृत्व काँग्रेसले गर्छ ।’ पौडेलले भन्नुभयो, ‘ यतिबेला काँग्रेसले बहुमत नल्याउँदा नेपालमा लोकतन्त्रको भविष्य अन्धकार हुन्छ ।’

नयाँ गरेर एमाओवादीले देश र जनतालाई भ्रममा पारेको बताउँदै उपसभापति पौडेलले आफूहरुले देश र जनतालाई भ्रममा पार्ने कामले देशको अहित हुने भएकाले यस्ता काम तत्काल बन्द गर्न आग्रह गरको दावी गर्नुभयो ।

एमालेलाई टुंगो विनाको पार्टीको संज्ञा दिनुभयो । ‘एमाले पार्टीको बोलीको र कामको टुङ्गो पनि हुँदैन । एमालेले संविधान बन्ने क्रममा १४ प्रदेशजस्तो माओवादीको प्रस्तावमा भोट हालेर गैरजिम्मेवार काम गर्यो ।’, पौडेलले भन्नुभयो, ‘सातसात महिनासम्म देशमा प्रधानमन्त्री चुनिनबाट वञ्चित गरायो । एमालेले अवसरवादी रुप देखायो । कांग्रेसबाट प्रधानमन्त्री बनाउन उसलाई सहयोग भयो तर काँग्रेसलाई भने धोका दियो ।’

उम्मेदवार उठाउने क्रममा केही समस्या देखिएको स्वीकार्दै उपसभापति पौडेलले पार्टीमा दुःख भोगेका र सङ्घर्ष गरेको कार्यकर्ता ठूलो सङ्ख्या रहेकाले आगमी दिनमा अहिले अवसर नपाएका कार्यकर्ताहरुलाई सम्वोधन गर्दै जाने बताउनुभयो । ‘आगामी दिनमा स्थानीय निकाय, प्रदेश र संसदको चुनाव हुन्छ, त्यो कुरालाई बुझेर अहिले पार्टीलाई बहुमत दिलाउने काममा लाग्न म पार्टीका साथीहरुलाई आग्रह गर्दछु ।

रासससँगको कुराकानीमा पौडेलले ०६४ सालको निर्वाचनमा देशको पहिलो राष्ट्रपति भनेर प्रचण्डलाई भित्तामा माओवादीले लेखेकाले प्रचण्ड भित्ते राष्ट्रपतिकै रुपमा सीमित रहने बताउनुभयो । रासस

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses