National News
»
काभ्रे पुगी हेलीकप्टरबाट ओर्लेर प्रचण्डले भने 'नेपालमा महाभारतको युद्ध सुरु भयो
काभ्रे पुगी हेलीकप्टरबाट ओर्लेर प्रचण्डले भने 'नेपालमा महाभारतको युद्ध सुरु भयो
१४ कात्तिक, पोखरा । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाको दोस्रो निर्वाचन नै अन्तिम निर्वाचन भएकाले महाभारतको युद्ध सम्झिँदै एकपटक प्रतिक्रियावादीका षड्यन्त्र चकनाचुर पार्न सिंहजस्तै गर्जनका साथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
बिहीवार विहान कास्कीमा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले भन्नुभयो,’हिजो हामीले जीवनलाई हत्केलामा राखेर, टाउकोमा कात्रो बाँधेर जनयुद्ध लडेका हौँ । त्यो सबै नयाँ संविधान र नेपाली जनताको मुक्तिको लागि थियो । ‘ उहाँले चुनाव हुन नदिन विभिन्न तत्वले षड्यन्त्र गरिरहेकाले पनि संयमित भएर चुनावी वातावरण निस्पक्ष र शान्तिपूर्ण बनाउन कार्यकर्तालाई निर्देशन दिनु भएको हो । प्रचण्डले फेरि एकपटक चुनावमा सशक्त र जुझारु भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनु भयो ।
आफु पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा एमाओवादीको पक्षमा उर्लेको जनलहर र पार्टी प्रवेशको संख्याले पनि दुई तिहाइ आउने पक्का भइसकेको भन्दै उहाँले त्यसलाई चुनावबाट घोषणा गराउन एकपटक कार्यकर्ताले चुनावमा हाम फाल्नुपर्ने कुरामा जोड दिनुभयो ।प्रचण्डले चुनावपछि आफ्ना सबै गुनासा र कुण्ठाहरु राख्न पाउने बताउनु भयो ।
एमाओवादीको देशभरी नै उर्लेको जनलहरले एमाले र काँग्रेसको सात्तै उडेको वताउनुभयो । महाभारतको युद्धमा न्यायको पक्षधरले जिते मात्र नयाँ संविधान र देशको विकास हुने भन्दै उहाँले त्यसका लागि एमाओवादीका नेता तथा कार्यकर्ता देशभरि नै परिचालित भएर जनतामा फैलाएका भ्रमहरु चिर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।onlinekhabar
0 comments
Write Down Your Responses