पाल्पामा एक हजारभन्दा बढी अवैध हतियार भेटिए
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२४ साउन, तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले केही महिना अघिदेखि थालेको अभियानमा असार अन्तिमसम्ममा एक हजार १५८ अवैध हातहतियार सङ्कलन गरेको छ । एयरगन, हाते ग्रिनेड र सकेट बम एक-एकवटा सङ्कलन गरेको प्रहरीले जनाएको छ । सङ्कलित हतियारमध्ये साबुत एक हजार १५, बेसाबत १४४, लाइसेन्स भएका ३१२ र लाइसेन्स नभएका ८४६ थान रहेको प्रहरीले जनाएको छ । पाल्पामा देशभरि सबैभन्दा धेरै अवैध हतियार सङ्कलन भएको जिल्ला प्रहरीको दाबी छ ।
प्रहरीनायब उपरीक्षक स्थानेश्वर रेग्मीले गृह मन्त्रालयले सूचना जारी गरेपछि हतियार सङ्कलन भएको र अवैध घरेलु हातहतियार सङ्कलन गर्न प्रहरीले घरदैलो अभियान चलाएको बताउनुभयो । आफ्ना मातहतका इलाका, प्रहरीचौकी र अस्थायी प्रहरी पोस्टअन्तर्गतका गाउँ विकास समितिमा पुगेर अन्तरक्रिया तथा छलफल गर्दै हातहतियार सङ्कलन गरेको उहाँले बताउनुभयो ।
अभियानअन्तर्गत मित्यालको रुक्सेभन्ज्याङ् प्रहरीचौकीले सबैभन्दा धेरै २६० थान हतियार सङ्कलन गरेको छ । यस्तै, अस्थायी प्रहरीचौकी खालीवन जब्गादीले १८९, प्रहरीचौकी तांहुले १४२, गोठादीस्थित प्रहरीचौकी माथाले १०० थान र प्रहरीचौकी बल्ढेङ्गढीले ६५ थान हतियार सङ्कलन गरेको प्रनाउ रेग्मीले बताउनुभयो । जिल्लाका प्रहरीचौकी र अस्थायी प्रहरीचौकी गरी १५ स्थानमा ती हतियार सङ्कलन गरिएका हुन् । रासस

0 comments
Write Down Your Responses