तरुण दलद्धारा चितवन बन्द , बन्द गराउने २४ पक्राउ

भिडियो हेर्न तल क्लिक गर्नुहोस

चितवन, श्रावण २४ – वाईसीएलले व्यापारीसँग जर्बजस्ती चन्दा असुल्दै गर्दा पक्राउ परेका आफ्ना कार्यकर्तालाई बन्द लगायतका कार्यक्रम गरी छुटाएको एक साता नवित्दै कांग्रेस निकट तरुणदलले बिहीवार चितवन बन्द गराएको छ ।



भारतीय नागरिकलाई कुटेको आरोपमा प्रहरीले नेपाल तरुणदल भरतपुर नगर समितिका उपाध्यक्ष प्रमिश राई सहित अर्का एकलाई पक्राउ गरेपछि उनीहरुको रिहाईको माग गर्दै तरुणदलले अनिश्चितकालीन चितवन बन्दको आह्वान गरेको हो ।

साइड नछाडेको भन्दै भारतीय नम्बरको बोलेरो जीपमा आएका भारतीय नागरिकलाई कुटपिट गरेको आरोपमा प्रहरीले राई सहित यमबहादुर कार्कीलाई पक्राउ गरेको थियो । बन्दले गर्दा विहानैबाट जिल्लाको जनजीवन प्रभावित बनेको छ । लामा तथा छोटा दुरीका यातायातका साधन चल्न सकेका छैनन । शैक्षिक संस्था समेत ठप्प छन् । कार्यकर्ताले सडकमा बसेर प्रर्दशन गरी रहेका छन् । बजार बन्द गराउंदै हिंडेका तरुणदलका सचिव रविन्द्र गौतम सहित २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ चोकबाट ९, भरतपुरबाट ७ र टाँडीबाट ८ जना पक्राउ परेका छन् ।

बुधवार २ बजे सम्म पक्राउ परेका कार्यकर्तालाई छाड्ने अल्टिमेटम दिदां समेत प्रहरीले नछाडेको भन्दै तरुण दल कार्यकर्ताले नारायाणगढ बजारमा १ घण्टा चक्का जाम गरेका थिए । प्रहरीले पक्राउ परेकालाई सार्वजनिक मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ ।

तरुणदलले राईलाई हिरासतमा राखेर जथाभावि कुटेको भन्दै कुटपिटमा संलग्न प्रहरीमाथी कारबाही गर्न समेत माग गरेको छ । उता प्रहरीले भने पक्राउ परेकालाई नकुटेको जनाएको छ । कुटपिट गरेको भन्ने कुरा बेकारको आरोप रहेको बताउंदै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीलेे पक्राउ परेकालाई त्यसै नछाडिने बताए ।-Source ekantipur

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses