गोर्खाल्याण्डको कथा र ब्यथा,गोर्खाल्याण्डका लागि ज्यान दिन तयार: बिमल गुरुङ
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
भारतको आन्ध्रप्रदेश फुटेर तेलङ्गना राज्य निर्माण हुने निश्चित भएपछि नेपाली भाषी बहुल दार्जीलिङ क्षेत्रमा गोर्खाल्याण्ड राज्य बनाउने मागको आन्दोलन पुनः चर्केको छ । संघीय राज्यको मागलाई लिएर भारतमा बढ्न थालेको आन्दोलनप्रति नेपालीहरुमा समेत चासो देखिएको छ ।
विशेषगरी दार्जीलिङमा शुरु भएको पृथकताको आन्दोलनका पक्षमा नेपाली सामाजिक सञ्जालमा समर्थनका स्वर सुनिन थालेका छन् । नेपालमा संघीयताको वकालत गर्ने छिमेकी मुलकमध्ये एक मानिन्छ भारत । तर, आधा शताब्दीअघि नै संविधान बनाएर संघीय व्यवस्था अपनाउँदै आएको भारतमा आन्दोलन गरेर राज्य माग्ने र छुट्टनिे क्रम ६० वर्षसम्म रोकिएको छैन ।
यसैसाता दिल्लीले तेलंगानालाई आन्ध्रप्रदेशबाट छुट्याएर नयाँ राज्य घोषणा गर्ने निर्णय गर्नासाथ पूर्वोत्तर पहाडको दार्जीलिङमा पनि अलग राज्यको माग गर्दै आन्दोलन चर्किएको छ । उता तेलंगनाको समर्थन र विरोधको अभियान पनि पूर्णतः मथ्थर भैसकेको छैन ।
भारतमा ६० वर्षसम्म जारी नयाँ राज्य माग्ने आन्दोलनले स्पष्ट संकेत के गरेको छ भने संघीय व्यवस्थामा यति नै प्रदेश हुने भनेर संविधानमा एकपटक निश्चित गरिसकेपछि पनि ढुक्क हुन नसकिने रहेछ । २२ वटा राज्यमा विभाजित भारतका राज्यहरु २९ वटामै रोकिने छैनन् भन्ने पछिल्लो दृष्टान्त दार्जीलिङको गोर्खाल्याण्ड आन्दोलनले संकेत गरेको छ ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

0 comments
Write Down Your Responses