• मुख्यपृष्ठ
  • मुख्य समाचार
  • स्वास्थ्य टिप्स
  • अपराधिक समाचार
  • मनोरञ्जन
  • भिडियो
  • टिभी सिरियल
  • नौला खबर
  • विनिमय दर



पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।













अचम्मको भिडियो हेर्न तल बक्समा डबल क्लिक गरी भित्र जानुहोस्।




पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।
















भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।
भदौ, ११ काठमाडौ - अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त हुँदा लोमानसिंह कार्कीमाथी अनेकन टिप्पणी भए । तर, पदमा पुगेपछी ती सबै टीकाटिप्पणी र आशंकालाइ मेटिने गरी कामबाटै जवाफ दिन थालेका छन्, कार्कीले । ठूला शक्तिकेन्द्रका आडमा रहेका र उनलाई नियुक्तमा सघाएकाहरू समेत अहिले धमाधम अख्तियारको फन्दामा पर्न थालेपछी कार्कीको निर्भिकता र निरपेक्षताबारे चर्चा सुरू हुन थालेको छ ।‘



‘बयानका लागी अख्तियार पुगेका नोबेल मेडिकल कलेजका सुनील शर्माले प्रचण्ड र बाबरामको ध्वाँस दिन थालेपछी उनीमाथी थुनेरै कारबाही चलाइएको छ । कुनै बेला गिरिजाप्रसाद निकट रहेका शर्मा पछिल्लोपटक प्रचण्डनिकट बन्न पुगेका थिए । अहिले राष्ट्रपतिका भतिजा नै अख्तियारको नियन्त्रणमा छन् । नेपाल विद्युत प्राधिकारणका प्रबन्धक पदमा रहेका सिन्धु यादव राष्ट्रपति यादवका भतिजा हुन् । कार्यकारी निर्देशक रामेश्वर यादव पनि पहुँचवाला व्यक्ति भएकाले नै त्यस पदमा पुगेका थिए । त्यस्तै, रामेश्वर यादव पनि कांग्रेस नेतृ चित्रलेखा यादवका भाई हुन् ।‘

‘यसरी भ्रष्टाचारमा शक्तिकेन्द्रकै नातेदारहरू धमाधम पक्राउ पर्न थालेपछी 'प्रेसर' नहोस् भनेर कार्कीले मोबाइल समेत बोक्न छाडेका छन् भणे निवासको फोनमा समेत कसैसँग सम्पर्क राख्ने गरेका छैनन् । ‘

‘आफूनिकट व्यक्तिमाथीको कारबाही रोक्न थुप्रै शक्तिकेन्द्रले प्रयास जारी राखेपनि कार्कीले ती दवावको वास्ता नगरी निर्भयतापूर्वक छानविन अगाडि बढाउन अनुसन्धान अधिकृतहरूलाई निर्देशन दिएको स्रोतको भनाई छ । त्यसैले अख्तियारका कर्मचारीहरूको मनोबल पनि कार्की आएपछी उच्च रहेको एक अधिकारीको भनाई छ ।‘

‘अख्तियारले धेरै जनताको प्रत्यक्ष सरोकार रहेका कार्यालय र सरकारी सेवामाथी निगरानी बढाएको समाचार आजको दृष्टी साप्ताहिकले प्रकाशित गरेको छ । यसले कानुनी राज्यको प्रत्याभूती दिलाउन समेत अख्तियार सफल बन्दै गएको देखाउँछ ।‘






























भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।



भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।
८ भदौ, रोल्पा । सशस्त्र युद्धका बेला तत्कालीन बिद्रोही नेकपा माओवादीले बैंकबाट लुटेको करोडौं नगद र सुन रोल्पाको एउटा जंगलमा खाल्डो खनेर गाडेको खुलासा भएको छ । घर्तीगाउँ ७ झिनुवाको ओद्राहाले जंगलमा गाडेर राखेको करिब एक करोड ७० लाख नागदसहित पाँच किलो सुन झिनुवाका केही व्यक्तिले निकालेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय रोल्पाले छानबिन थालेको छ ।

प्रहरीले गाउँलेहरुसँग बयान लिइरहेको छ । झिनुवाका चारजना कृष्ण, हुकुम, खिमे र झुपल वलीलाई सदरमुकाममा झिकाई प्रहरीले सोधपुछ गरेको हो । सोधपुछपछि उनीहरुलाई छाडिएको प्रहरी नायबउपरीक्षक ओमबहादुर रानामगरले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

रानामगरका अनुसार उनीहरुले रकम खोज्न खाल्डो खने पनि फेला नपरेको बयान दिएका छन् । स्रोतका अनुसार झिनुवाका केही व्यक्तिले गत असार २३ गते राति खाल्डोमा पुरेको रकम खनेर निकालेका थिए । ४० लिटर क्षमताको प्लास्टिकको कालो ड्रममा गाडिएको उक्त रकम उनीहरुले निकालेको गाउँलेले प्रहरीलाई जानकारी गराएका थिए ।




पुरा भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्।



पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।















पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।
बलिउड सुपरस्टार अमिर खान एकाएक बेपत्ता भएको केही भारतिय सञ्चार माध्यमहरुले लेखेका छन्।



उनि गोप्यरुपमा एक महिनाको लागी अष्ट्रेलियाको लागी उडेको बताइएको छ। तर उनि किन गएका हुन भन्ने बारेमा भने कसैलाई पत्तो छैन्।

केही दिन अघि मात्रै अमिर खानको चलचित्र धुम-३ को प्रोमो सार्वजनिक भएको थियो।

 अमिर यो चलचित्रमा नकारात्मक भुमिकामा देखिनेछन्। तर उनि अचानक किन भुमिगत भए भन्ने जवाफ भने कोही संग पनि छैन्।



केहीले अचानक गायब भएर चर्चा बटुल्ने र धुम-३ को प्रचार गर्ने नायक अमिरको ट्रिक भएको विश्लेषण गरेका छन्। हाल अमिर कुनै पनि सम्पर्क उपलब्ध छैन् ।


यसका साथै उनि फेसबुक,ट्विटर र आफ्नो वेबसाइटमा पनि अपेडट छैनन्। अमिर खान उनको अफिसियल फेसबुकमा १४ अगस्ट यता निष्क्रिय छन् ।
अनलाईन सोसल नेटवर्किङ वेबसाइट फेसबुकमा हामी एक अर्काका कुराहरू, फोटोहरू सेयर गर्नुका साथै साथीहरूसँग कुरा गर्ने, नयाँ साथी बनाउने कामका लागी समेत प्रयोग गर्ने गर्छौ । तर, फेसबुकमा कुनै बेला थोरै पनि असावधानी उपनाउँदा हामी समस्यामा समेत पर्न सक्छौ । फेसबुकले हाम्रो फेसबुक एकाउन्ट बन्द गरिदिन सक्छ ।



केही समययता फेसबुकले फेसबुकमा पोष्ट हुने पोर्न तथा सेक्स सम्बन्धी नीतिलाई निकै कडा बनाएको छ । फेसबुकले आफुलाई अश्लिल लागेका तस्विरहरू हटाइदिने गरेको छ । केही यस्ता तस्विरहरू छन् जुन फेसबुकले हटाएको छ । फेसबुकले अश्लिल लागेको केहि तस्विरहरू तथा केहीको फेसबुक एकाउण्ट समेत बन्द गरिदिएको छ।

हेरौ फेसबुकले हटाएका तस्विरहरू कस्ता छन्...










यो विषय सुन्दा पनि अलि हावादारी कुरा जस्तो लाग्नसक्छ । तर अमेरिकाको सन फ्रान्सिस्कोका एक कलाकारले यस्तो ब्रा को डिजाइन गरेका छन् की जसलाई महिलाको सरीरबाट फुकाल्न कुनै बटन खोल्नु पर्दैन मात्र ताली बजाइदिए पुग्छ ।


उक्त इलेक्टि्रक ब्रा मा ब्याट्रीको सहायताले करेन्ट प्रवाह गरिएको र त्यसमा प्रयोग गरिएको विद्युत चुम्बकले ब्रालाई अड्काउने हुक खोल्ने स्विचलाई नियन्त्रण गरेको हुन्छ । जब यो ब्रा लगाएकी महिलाको नजिकै बसेको कुनै व्यक्तिले ताली बजाउँछ तब ब्रालाई कँसको उक्त हुक फुकाउने स्विच स्वचालित रुपमा अन हुन्छ र ब्रा महिलाको छातिबाट खोलिन्छ । सिरियाली बजारमा फेला पारेका अनौठा तथा अत्याधुनिक ब्रा बाट प्रभावित भएर डिजाइनर राण्डी सराफानले यस्तो अनौठो ब्रा को निर्माण गरेका हुन् ।

स्मरण रहोस् अनौठा खालका ब्रा को लागि सिरिया निकै चर्चित छ । त्यहाँ रिमोट कन्ट्रोलबाट चल्ने ब्रा देखि लिएर अँध्यारोमा बत्ति बाल्ने ब्रा समेत प्रचलनमा छन् । ताली बजाउँदा कसरी ब्रा खुस्किँदो रहेछ तलको भिडियो हेर्नुस्



भिडियोको लागी तल क्लिक गर्नुहोला
मान्छेको कपाल कति सम्म लामो हुन सक्दो रहेछ ? अमेरिकाकी एक महिलाको कपाल ५५ फिट लामो छ । लामो मात्र हैन । उनको कपालको तौल झण्डै १९ किलो छ । जर्जियाको एटलाण्टाकी बासिन्दा आशा मण्डेलाको यत्रो भिमकाय कपाल देखेर डाक्टरहरु पनि डराए । उनलाई कपाल काट्न सुझाव दिए । कपाल नफ्याँकेमा प्यारालाइसिस हुने चेतावनी दिए । तर आशाले बरु ज्यान फ्याल्न तयार भइन् कपाल गुमाउन चाहिनन् ।



एक सन्तानकी आमा आशा भन्छिन्, ‘मेरो कपाल मेरो जिवनको भाग भैसक्यो । यो मेरो जिवन हो, मैले कहिल्यैपनि कपाल काटि्दन ।’ कपाल काट्नु आत्महत्या गर्नु सरह रहेको उनी बताउँछिन् ।

विश्वमा सबैभन्दा लामो कपाल भएको मानिसको रुपमा गिनिज बुकमा नाम लेखाएकी ४७ वर्षकी आशा आफ्नो कपाल आफ्ना लागि सन्तानजत्तिकै प्यारो रहेको बताउँछिन् । कपालकै कारण आफुलाई क्यान्सर, हृदयाघात जस्ता रोगले समेत केही गर्न नसकेको दाबी उनको छ ।



उनको कपाल धुन तथा सुकाउन पूरै दुइ दिन लाग्छ । यति लामो कपाल साँच्चीकै जोखिमपूर्ण छ । कतै हिँडडुल गर्न पनि गाह्रो हुन्छ । हिँडडुल गर्दा पोको पारेर बच्चा बोकेझैँ गरी कपाललाई ढाडमा बोक्नुपर्छ ।



उनका ११ वर्षे छोराले आमाको कपाल जतन गर्न सहयोग गर्छ । आफ्नो आखा अगाडि त उनले ज्यान गएपनि कपाल काट्न दिँदिनन् । तर भुइँमा लत्रिएको बेला कसैले आँखा छलेर कपाल काटिदिने हो की भन्ने चिन्ता छ उनमा । उनले आत्मिक कारणका लागि भन्दै २५ वर्ष अघिदेखि कपाल पाल्न थालेकी थिइन् ।

अमेरिकाको पर्न चलचित्र उदयोगमा काम गर्ने एक पुरुष कलाकारलाई एड्स लागेको छ । बुधवार ती कलाकारको परिक्षणमा एचआईभी पोजेटिभ भएको रिपोर्ट आएपछी पर्न चलचित्र उद्योगमा अस्थाई कालका लागि बन्द गरिएको छ । अहिले सवै पर्न चलचित्र निर्माणमा रोक लगाइएको छ ।



चलचित्र उद्योगका मानिसले पहिले एडस पिडित कलाकारको पहिचान गरेर उनिसंग काम गर्ने महिला कालकारलाई एचआईभी परिक्षणको लागी चिकित्कसकहाँ लगेका छन् । उक्त महिलाको रिपोर्ट भने आइसकेको छैन् ।

पर्न उदयोगका डायन ड्युकले पर्न चलचित्रमा काम गर्ने सवै कलाकार एड्सफ्री भएको पुष्टी भएपछी बन्द उदयोग खुलाउने बताएका छन् ।

बुधवारको घट्नासंगै अमेरिका पर्न चलचित्रको बारेमा कडा टिप्पणी शुरु भएको छ । पर्न चलचित्रका आलोचक माइकल वेस्टेनले पर्न चलचित्रमा काम गर्ने कलाकारले अझै कति जोखिम उठाउने पर्ने हो भन्दै पर्न चलचित्रमा उद्योगमा जरुरी गाइडलाइन पालना नगरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले कण्डम प्रयोग नगरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।


















भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस्।


हास्य कलाकारहरुको गाईजात्रे झटारो (भिडियोसहित)
‘प्रचण्डले दुस्मनलाई भूईंमा गिराए
वैद्यलाई निकाली रेखालाई यसरि छिराए’.....

बाँकी भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस्।
६ भदौ, एजेन्सी । भारतको जयपरमा बस्ने ३५ वर्षीय एक व्यक्तिले पत्नीले सेक्स गर्न नमानेपछी आफ्नै ३ वर्षीय छोरीको बलात्कार गरेका छन् । गत मंगलबार राती पत्नीले सेक्स गर्न नमानेपछी पत्नी सुतेको मौका छोपेर आफ्नै ३ वर्षिया छोरीलाई भान्सामा लगेर बलात्कार गरेका हुन् । ती व्यक्तिले छोरीको बलात्कार गरी छोरीलाई घर नजिकै करिब १ सय ५० मिटर टाढा लगेर छाडिदिएका थिए र आफू एक पसलमा पुगेर रक्सी पिएर घर फर्केका थिए ।



ती बालिकाकी आमा भने निन्द्राबाट करिब साढे २ बजेतिर ब्यझिएकी थिइन् । उनले छोरीलाई खोज्दा नभेटेपछी छोरी खोज्न लागिन् सोही क्रममा प्रहरीले ती दुवैलाई अस्पताल लगेर छोरी चिन्न लगाएका थिए । प्रहरीले गस्तिका क्रममा ती बालिकालाई सडक छेऊमा गम्भिर घाइते अवस्थामा भेटेपछी अस्पताल पुर्याएका थिए र उनका आमा बाबुको खोजी गर्दै थिए । सोही क्रममा आमा पनि छोरीको खोजीमा निस्किँदा भेटपछी प्रहरीले उनलाई अस्पताल पुर्याएको थियो ।

३ वर्षकी बालिका बलात्कृत भएका कारण ती बालिकाको अवस्था निकै गम्भिर भएको अस्पतालले जनाएको छ । यसपछी प्रहरीले बालिकाको बलात्कारको विषयमा अनुसन्धान सुरू गरेको थियो । यसक्रममा प्रहरीले पहिलो निशाना उनकै बाबुलाई बनायो । कारण थियो, छोरी गम्भिर अवस्थामा त्यो पनि बलात्कृत भएर अस्पतालमा उपचार गराइरहँदा दाह्री काटेर आउँछु भन्दै हिड्नु । आफ्नी छोरीलाई यस्तो अवस्थामा छाडेर यसरी दाह्री काट्न जानुको कारणबारे प्रहरीले जान्न खोज्यो र यकसक्रममा प्रहरीले उनमाथि नै शंका गर्दै स्वास्थ्य परिक्षण गर्न लगायो र उनले केही घण्टा अगाडि मात्र सेक्स गरेको पत्ता लागेको थियो ।

यसअघि प्रहरीले ती व्यक्तिलाई सेक्स नगरेको कति दिन भयो भनेर प्रश्न समेत गरेको थियो । उनले करिब ४-५ दिन भयो भने तर प्रहरीले विश्वास नगरेर जाँच गराउँदा उनले झुठो बोलेको थाहा पाएपछी थप सोधपुछ गर्ने क्रममा आफुले नै छोरीको बलात्कार गरेको बयान दिएका थिए । उनले पत्नीले सेक्स गर्न नमानेपछी आफुले आफ्नै छोरीको बलात्कार गरेको स्विकार गरेका थिए ।
















भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस्।



पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्।



पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्।


भिडियो हेर्न तल बक्समा  डबल क्लिक गर्नुहोस्।
नेपाली सिनेमाकी चर्चित नायिका रेखा थापालाई एकिकृत नेकपा माओवादीले काठमाण्डौबाट उम्मेदवार बनाउने संकेत गरेको छ । पार्टीका नेता एवं पूर्व अर्थमन्त्री बर्षमान पुनले विराटनगरमा आयोजना भएको पत्रकार सम्मेलनमा रेखालाई काठमाण्डौबाट उम्मेदवार बनाउने सोच पार्टीमा रहेको बताएका हुन् ।



उनले रेखालाई उनको गृहजिल्ला मोरङबाट नभई काठमाण्डौको कुनै स्थानबाट उम्मेदवार बनाउन सकिने बताएका हुन् ।यता नेपाली चलचित्र क्षेत्रका चर्चित निर्माता तथा व्यवसायि उद्धव पौडेललाई राप्रपा नेपालले केन्दि्रय सदस्यमा नियुक्त गरेको छ । चलचित्र क्षेत्रको व्यवसायिक जीवनबाट अबकाश लिएको घोषणा गरेको भोलिपल्टै पौडेल राप्रपा नेपालमा प्रवेश गरेका थिए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । संविधान सभाको निर्वाचन नजिकिदै जाँदा नेपाली सिनेमाका चर्चित कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध भएर सांसद बन्ने धुनमा छन् ।


सबरिना जोन्सनले २ दिनमा २ हजार पुरुषसंग यौन कृडा गरेर बिश्व कृतिमान कायम गरिन। Read More News... and Watch the Real Video. Warning ! You must Be Over 18. Click Here >>>>





पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्।
४ भदौ, काठमाण्डौं । बाग्लुङको रेश ८ की डल्ली कुँवर ६० बर्ष पुगिन् । उनी अहिले पनि स्वस्थ्य छिन् । तर, श्रीमान पहलसिंह कुँवर क्षेत्रीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर पेन्सनपट्टामा नाम फेरेको भन्दै उनी न्याय माग्न जिल्ला प्रशासन कार्यालय आइपुगेकी छन् ।



अर्को बिहे गरेका पतिले आफूलाई पेन्सनबाट वञ्चित गर्न गाविसबाट मृत्युदर्ता प्रमाणपत्र बनाएको उनले बताइन् । झूटो विवरण पेस गरी जिउँदो मान्छेको मृत्यु दर्ता गराएर पेन्सनपट्टामा कान्छी श्रीमती हेमकुमारी कुँवरको नाम राखेकाले न्याय दिलाइदिन उनले प्रशासनमा उजुरी गरेकी छन् । ‘म छँदाछँदै हेलाँ गरेर अर्की श्रीमती ल्याएँ,’ डल्लीले भनिन्, ‘जिउँदो मान्छेलाई मरेको भनेर पेन्सनमा समेत नाम फेरे ।’

डल्लीले आपःूलाई पतिले खान, बस्न नदिएको भन्दै अदालतमा मुद्दा दायर गरेपछि २०६५ सालमा जिल्ला अदालत बाग्लुङले अंश दिने फैसला गरेको थियो । अदालतको आदेशमा आफ्नो नाममा मालपोल कार्यालयले लालपूर्जा दिए पनि जग्गा कमाएर खान नपाएको भन्दै न्याय खोज्न उनी सदरमुकाम आएको नागरिक दैनिकमा खबर छ ।
३ भाद्र, बैतडी । बैतडीको बिशालपुर गाविस–२ रोकटा ढुसिल बस्ने पर्मा सोनीको ८ बर्षीय छोरा डम्मर सोनी बाघले लगेर बेपत्ता भएका छन् ।



घर भित्र आमासंग सुतिरहेको अवस्थामा गएराति उनलाई बाघले लगेको थियो । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरी टोलीले बालकको खोजतलास गरिरहेको छ
एउटा तस्विर हजार शब्द बराबर हुन्छ, तस्विर निकै शक्तिशाली हुन्छ, हजार शब्दमा बयान गरिएका कुरा बुझाउन एउटै तस्विर पर्याप्त हुन्छ। त्यसै त तस्विर शक्तिशाली हुन्छ ।

तस्विरहरु मानविय भावनासंग चाँडो जोडिन्छन्। तस्विर रमाइला भए हामी फुरुङग हुन्छौ भने त्यही तस्विरमा पिडा पोखिए हामि छिन भरमै दुःखित पनि बन्छौ ।

नेपाली हेडलाइन्सले केही यस्ता इतिहाँस बोकेका तस्विरहरु लिएर आएको छ जसले भोकमरि, युद्ध र इतिहासका दर्दनाक पलहरुलाई समेटको छ। ती तस्विहरुले संसार हल्लाएका थिए र पल भरमै करोडौ मानिसको ध्यान खिचेका थिए।


सन १९३० मा इंडियानको मरियनामा खिचिएको तस्विर दर्दनाक छ। दुइ काला जातीका युवक थोमस शिप र अब्राम स्मिथलाई सार्वजनिक स्थलमा १० हजार मानिसका अगाडी खुलेआम फाँसीमा चढाइएको थियो । उनिहरुमाथि स्थानिय गोरा युवतीलाइ बलात्कार गरेको आरोप थियो । पछि उक्त आरोप झुटो निक्लियो।


सन १९८५ मा कोलंबियामा भएको ज्वालामुखि विष्फोटमा २५ हजार मानिस मारिएका थिए। ज्वालमुखिबाट निक्लिएको लाभाले पुरै शहर डुबेको थियो। १३ वर्षकी आमयरा सांजेच पनि त्यसै डुबेकी थिइन्। यो तस्विर फोटोग्राफर फ्रेंक फर्नियरले खिचेका थिए ।यो तस्विरलाइ सन १९८५ को वर्ल्ड प्रेस फोटो अफ द इयरको पुरस्कार दिइएको थियो । तस्विर रहेकी बालिक आमयराको भने मृत्यु भएको थियो।


यो तस्विरलाई अवार्ड प्राप्त भएको थियो, अवार्ड हासिल गरे लगतै फोटो ग्राफर केविन कार्टरे आत्महत्या गरेका थिए । अफ्रिकामा कुपोषणको शिकार बच्चा मर्ने पर्खाइमा रहेको गिद्धको तस्विर देखपछि आँशु रोक्न गाह्रो छ। तस्विरले संसारभरि ठुलो बहस उत्पन्न गराएको थियो भने पश्चिमा देशहरुमा जबरजस्त तरंग उत्पन्न गराएको थियो।


सन १९७५ मा खिचिएको तस्विरमा घरमा आगो लागेपछि आमा छोरा झ्यालबाट हामफालेका थिए।आमाको मृत्यु भएको थियो भने बच्चाको आमाको मृत शरिरमा परेर बाँचेको थियो। आमाले आफू मरेर पनि छोरालाइ बचाएकी थिइन्।
Newer Posts Older Posts Home
Recent Updates
Popular Posts
  • माओवादीको शशस्त्र आन्दोलनमा दाङ्को हापुरेमा गोली प्रहार पश्चात् भिरालो पाखामा मृत पशुलाई जस्तै गरि १९ जनालाई सैनिकद्वारा भिर मुनि फ्याँकिदिए।
  • शाहिद कपुर र कारीना कपुरले लाजै लाग्नेगरी किस खाएको भिडियो सार्वजनिक
  • दुबइमा जवानी देखाउँदै दिदी बहिनी (फोटो फिचरसहित)
  • इन्टरनेटमा मारिए बलिउड अभिनेता आयुष्मान खुराना !
  • नम्रताको मायाले को-को लाई मार्‍यो (फोटो फिचरसहित)
  • सेना र सशस्त्रमा सरूवा–बढुवा – मुख्यसचिव पौडेलले छाडे प्राधिकरण
  • यौनकर्मीहरू प्रेमी बनेर धन्दा चलाउँदै फसाउने क्रम बढ्दो.....
  • सवारीचालक अनुमतिपत्रका लागि नयाँ व्यवस्था
  • एक हजार प्रहरी घरेलु कामदार
  • झम्सीखेलमा सिसी क्यामरा
Blog Archive
  • March (1)
  • February (3)
  • January (37)
  • December (106)
  • November (150)
  • October (99)
  • September (17)
  • August (197)
  • July (277)
  • June (213)
  • May (169)
  • April (266)
  • March (202)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home