साहरुख ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनमा, फ्यान क्रेजले जताततै ट्राफिक जाम

भिडियो हेर्न तल क्लिक गर्नुहोस

बलिउड नायक साहरुख खान आराम गर्नुपर्ने समयलाई समेत वेवास्ता गर्दै यतिबेला आफ्नो नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनमा व्यस्त छन् । यतिबेला साहरुख सिनेमाको प्रमोशनका लागि देश दौडाहामा छन् । उनी शुक्रबार भारतको भुपाल र अहमबाद क्षेत्रमा पुगेका छन् ।
साहरुखले उक्त क्षेत्रमा पुगेर आफ्नो सिनेमाको प्रमोशन गरेका थिए । प्रमोशनका क्रममा भुपाल पुगेका साहरुखलाई फ्यानहरुले घेरेका थिए । भुपालमा दर्शक उर्लिएपछि तिन घन्टा ट्राफिक जाम समेत भएको थियो । स्थानिय प्रशासनले उल्लेख्य मात्रामा प्रहरी, ट्राफिक प्रहरी परिचालन गरेका थियो । यस्तै सिनेमाको प्रमोशनका लागि अहमबाद पुगेका साहरुखलाई फ्यानहरुले उत्तिकै माया दिएका थिए । उक्त स्थानमा पनि ३ घन्टा भन्दा बढि ट्राफिक जाम भएको बताइएको छ । साहरुख आउने खबर पाएपछि उनका फ्यानहरु बिहानै देखि तोकिएको स्थानमा जम्मा भएका थिए ।यस्तै साहरुख शनिबार कोलकत्ता पुग्दैछन् । उनी आइतबार दिल्ली जाने बताइएको छ । यस्तै साहरुखले सिनेमाको प्रमोशन मुम्बईमा पनि गर्नेछन् । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो सिनेमा अगष्ट ९ बाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ । चलचित्रमा साहरुख खान र दीपिका पादुकोणको मुख्य भूमिका छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses