नेपाली चेलीलाई ब्युटिसियन बनाउने भन्दै बिदेशमा बेचे दलालले (भिडियो खबर)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

ब्युटिसियन बनाइदिने भन्दै ओमान पुर्‍याएर युवतीमाथि यौनशोषण भएको छ । ब्युटिसियनको जागिर लगाइने भन्दै नुवाकोट घर भई काठमाडौं बस्ने युवतीलाई यौनशोषणमा लगाउने म्यानपावर सञ्चालक पक्राउ परेका हुन् ।
 
श्रेष्ठलाई ओमानमा आकर्षक तलबसहितको जागिरको प्रलोभन दिने सप्तकोसी ह्युमन रिसोर्स प्रालिका प्रबन्ध निर्देशक योगेन्द्रकुमार लिम्बू र कर्मचारी लोकमणि लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो । ओमानमा आकर्षक जागिरको प्रलोभनमा उनी गत ९ फागुनमा मेनपावरका सञ्चालकसहित ओमान पुगेकी थिइन् । ओमान पुगेपछि कम्पनीका सञ्चालकले उनलाई जागिरमा नलगाई आफ्नै अपार्टमेन्टमा राखेका थिए । अपार्टमेन्टमा उनले शारीरिक तथा मानसिक रूपमा शोषण गरेको पीडित युवतीको भनाइ छ ।       पुरा भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses