आवेगमा बोलेको होइनः भट्टराई

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, श्रावण १० - एमाओवादी नेता बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहका विषयमा आफूले आवेगमा नबोलेको बताएका छन् ।
अनेरास्ववियु क्रान्तिकारी पूर्वाञ्चल विश्वविद्यालयको उपत्यका सम्मेलनलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै उनले गणतन्त्रकाविरुद्ध षड्यन्त्र भइरहेको सूचना आफूले पाएको बताए ।
'हामीले बोल्दैनौं,' उनले भने, 'हामी जुन ठाउँमा बसेर राज्यसत्ताको जिम्मेवारी निर्वाह गर्‍यौं त्यहाँबाट हामीले प्राप्त हुने सूचनाहरु पनि छन् ।'
भट्टराईले कुनै हालतमा राजसंस्था पुनर्स्थापना हुन नसक्ने भनाइ राखे । उनले गणतन्त्र उल्टाउन खोजे आफूहरुलाई सहृय नहुने बताए ।
पूर्वराजाले गणतन्त्रविरुद्ध षड्यन्त्र गरेको भन्दै भट्टराईले आफू प्रधानमन्त्री भए जेल हान्ने अभिव्यक्ति दिएका थिए । भट्टराईको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।
जहाँ कहीं राजतन्त्रको अन्त्य भइसकेपछि मृत्युदण्ड, जेल र देश निकालामध्ये एउटा गरिएको इतिहास रहेको उल्लेख गर्दै नेता भट्टराईले नेपालमा भने राजनीतिक दल उदार भएकै कारण राजतन्त्रले फेरि टाउको उठाउन खोजेको जनाए । सबै एकजुट भएर संविधानसभा निर्वाचन सम्पन्न गरी प्रतिक्रान्ति असफल पार्नुपर्नेमा उनले जोड दिए ।
Baburam Bhattarai

उपलब्धि धरापमा पार्ने प्रयास : दाहाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जनताको बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा रहेकाले १२ बुँदे समझदारीका शक्तिहरू एकजुट भएर जसरी पनि मंसिरमा निर्वाचन गर्नुपर्ने बताएका छन् ।
नेकपा- माओवादी र राजावादीबीच सहकार्यतिर संकेत गर्दै उनले क्रान्तिका चर्का कुरा गर्नेहरूको प्रतिगामी र सामन्ती तत्त्वसँग साँठगाँठले परिवर्तनका उपलब्धि धरापमा पर्ने जनाए ।
एमाओवादी मुख्यालय पेरिसडाँडामा बिहीबार भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले जनआन्दोलन र परिवर्तनका पक्षधर शक्तिबीच एकता हुनासाथ टाउको उठाउन खोजेको प्रतिगामी शक्ति इतिहासको कुनामा मिल्काइने बताए ।
कम्युनिस्टहरूको एउटै केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिूदै माओवादी अध्यक्ष दाहालले कम्युनिस्ट कोअडिर्नेसन केन्द्र बनाउने तयारी भइरहेको बताए । केन्द्र निर्माण गर्न धेरैजसो कम्युनिस्ट पार्टी सैद्धान्तिक रूपमा सहमत भएको उनको भनाइ छ । कार्यक्रममा साहित्यकार रमेश रञ्जन झालगायत एमाले र कांग्रेसबाट मधेस केन्द्रित केही नेता तथा कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses