सलमानले शाहरुखलाई अंगालो मारे...(
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
भनिन्छ खोला पनि १२ वर्षमा फर्किन्छ तर बलिउडमा भने ५ वर्षमै खोला फर्किएको छ । केही दिन अघिसम्म एक अर्काको मुखसम्म पनि हेर्न मन नपराउने बलिउडका दुई सुपरस्टार शाहरुख खान र सलमान खान एक अर्काको अंगालोमा बाँधिए र बलिउडमा एउटा सवार्धिक चर्चा गरिएको दुश्मनीको अन्त्य भयो । बलिउडकै इतिहासमा एक अर्का विरुद्ध गुटनै खोलेर मोर्चावन्दी गरेका दुई दुई महान नायकहरुको मिलनको साकषी बन्यो कांग्रेस आइका सांसद बाबा सिद्धिकीको इफ्तार पार्टी ।
घट्ना जुलाई २१ रातको हो, पार्टी तात्दै गर्दा सलमान र शाहरुखको मिलन भएपछि एक पटक पार्टीमा रहेका मानिसले आफैलाई चिमटेका थिए भने खबर थाहा पाएपछी पुरै बलिउड एकछिनलाई थामिएको थियो, टक्क अडिएर मानिसहरूले खबर नियालेका थिए । दुई नायकले अंकमाल गरेको तस्विर नै सार्वजनिक भएपछि त यसले 'भाइरल'कै रूप लियो र संसारभरका सलमान र शाहरुखका फ्यानहरु खुसीले झुमेका थिए ।
बाबा सिद्धीकीले आयोजना गरेको पार्टीमा उनले बलिउडका दुवै स्टार खानलाई बोलाएका थिए । प्राय एउटा गएको कार्यक्रममा अर्को नजाने परम्परालाई तोड्दै त्यहाँ दुवै पुगेका थिए । पार्टीमा सलमान खान पहिले पुगेका थिए र भिआइपी बस्ने टेबुलमा बसेका थिए । केहीबेर पछि उनी उठेर पार्टीमा उपस्थित अन्य मानिससँग गफ गर्न थाले ।
सोहि समयमा आइपुगेका शाहरूख भिआईपी बस्ने टेबुलमा पुगे । सोही टेबुलमा बसेर शाहरूख अरूसँग कुरा गरिरहेका थिए । यसै क्रममा सलमान खान कुरा गर्दै र हात मिलाउँदै शाहरूख बसेको नजिकै आएपुगे । यसपछि जे भयो त्यसले सबैलाई चकित बनायो । ठिक शाहरूख बसेको पछाडि आइपुगेका सलमानले शाहरूखलाई धाप मार्दै बोलाए । सलमानले बोलाएपछी शाहरूख कुर्सीबाट उठे र सलमानसँग अंगालो मारे । यसपछी सकियो यी दुई बीचको ५ वर्षदेखीको दुश्मनी ।
शाहरुख र सलमान पाँच बर्षअघि भने एक अर्काका सवैभन्दा ठुला प्रशंसकमात्र थिएनन्, उनिहरू एक अर्कालाई दाजुभाइकै रूपमा प्रस्तुत गर्थे । तर, एक दिन क्याट्रिना कैफको पार्टीमा के भयो कुन्नी उनीहरु एक अर्का सबैभन्दा ठुला दुश्मन बने । उक्त समयमा क्याट्रिन कैफ सलमानकी गर्लफ्रेन्ड थिइन् ।
त्यसयता बलिउडमा सलमान र शाहरुखका नाममा दुईवटा गुट नै बने र एक अर्कालाई सानो देखाउने हर किसिमका प्रयत्न दुवै गुटबाट भयो । तर, पाँच वर्षको दुश्मनीले अन्तत विश्राम पायो । यसका लागी केही पहिले देखीनै घट्दै आएका थिए ।
केही महिना अघि मात्रै सलमान खानका भाइ अरवाज खानले शाहरूख खानको प्रशंसा गरेका थिए । उनले अन्तवार्ता दिँदै उनले शाहरूखको काम र उनको फ्यान फ्लोविङ बलिउडमा उनको उपस्थिति जनाउन पर्याप्त भएको बताएका थिए । उनले आफू शाहरूखसँग काम गर्न चाहेको पनि बताएका थिए ।
भिडियो
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses