मुखमा कपडा कोचेर आफ्नै छोरि लाइ बलात्कार
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
गुल्मीमा एक व्यक्तिले आफ्नै छोरीलाई मुखमा कपडा कोचेर बलात्कार गरेको कुरा सार्वजनिक भएको छ । यहि साउन १० गते गुल्मीको वडागाउँ-८ का रामबहादुर कुमालले आफ्नै १२ वर्षीया छोरी संगीता (नाम परिवर्तित)लाई बलात्कार गरेको र सो घटना गुपचुप राख्ने प्रयास गरिएकोले ढिला गरी सार्वजनिक भएको हो ।
कुमालले मादक पदार्थ सेवन गरेर मात्तिएको अवस्थामा आफ्नी छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उनले घरमा कोही नभएको बेला दिउँसै ढोका थुनेर मुखमा तौलिया कोचेर बलात्कार गरेको उनकी छोरीले बताइन् ।
प्रहरीलाई बयान दिँदै संगीताले आफू घर वरिपरि सरसफाइ गरिरहेका बेला बाबुले एक्कासि उचालेर घरभित्र लगेर ढोका थुनी मुखमा तौलिया कोचेर बलात्कार गरेको बताइन् । घटनाबारे संगीताले साँझ आमालाई भनेपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।
आमाको उजुरीपछि प्रहरीले रामबहादुरलाई भाग्नका लागि बडिघाट खोलामा लुकिरहेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीसँगको बयानमा रामबहादुरले रक्सीले केही थाहा नपाएर बलात्कार गरेको बताएका छन् ।
तीन कक्षामा पढ्दै गरेकी बलात्कृत संगीताको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बनेको प्रहरीले जनाएको छ । souce dcnepal
भिडियो सहित समाचार हेर्न तल क्लिक गर्नुस
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses