सुष्माको मन हराएपछि (भिडियो)
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
नायिका सुष्मा कार्की यतिबेला नायिका भन्दा पनि आइटम गर्लको रुपमा परिचित छिन् । तर भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाउन्सर’मा भने सुष्मालाई नायिकाको रुपमा नै देख्न सकिनेछ ।
प्रशान्त गिरीको निर्माणमा तयार भएको यो चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् । बाउन्सरहरुको कथावस्तुलाई आकर्षक तबरले प्रस्तुत गरिएको सिनेमाले राम्रो व्यापार गर्ने आशा निर्माण पक्षको छ । चलचित्रमा प्रशान्त गिरी र सुष्मा कार्की मुख्य भूमिकामा छन् । चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन छ । चलचित्र ‘बाउन्सर’को निर्माण युनिटले ‘ला खोई’ बोलको गीत सार्वजनिक गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses