पत्नी गौरीको इच्छामा शाहरूख बाबु बन्दै |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

बलिउड स्टार नायक शाहरूख खान फेरी एकपटक बाबु बन्ने भएका छन् । १५ वर्षका एक छोरा र १३ वर्षकी एक छोरीका माता पिता शाहरूख र गौरीले तेस्रो सन्तान जन्माउने तयारी गरेका छन् ।



गौरीको आग्रहमा उनीहरूले तेस्रो सन्तान जन्माउने तयारी गरेका हुन् । मुम्बईबाट प्रकाशित हुने एक पत्रिकामा प्रकाशित समाचार अनुसार उनीहरू सेरोगेसी मार्फत बच्चा जन्माउन चाहन्छन् । पत्रिकामा बताइए अनुसार गौरी खानले सेरोगेसी प्रविधीबाट बच्चा जन्माउन चाहेकाले उनीहरू यसको तयारीमा जुटेका छन् ।

उनीहरूले यसका लागि चिकित्सकसँग सल्लाह समेत गरिसकेका छन् । उनीहरूले अमिर खान र किरण रावलाई सेरोगेसी मार्फत सन्तान जन्माउन सहयोग गर्ने चिकित्सकसँग नै यसबारे सल्लाह लिइरहेको बताइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses