३३ वर्षीय सुरेश यादवद्वारा १३ वर्षीया बालिका बलात्कृत

भिडियो हेर्न तल क्लिक गर्नुहोस

सिरहा, ४ असार । सिरहाको चिकना गाविस– ३ की एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । खेतमा काम गर्न गएकी बालिकालाई कोही नभएको मौका छोपी स्थानीय ३३ वर्षीय सुरेश यादवले सोमबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।



बलात्कृत बालिकाले बेहोस अवस्थामा घर पुगी घटनाबारे बाबुआमालाई जानकारी गराएपछि पीडित उनीहरुले इलाका प्रहरी कार्यालय कल्याणपुरलाई घटनाबारे जानकारी गराएका थिए ।

आरोपित सुरेश घटनापछि फरार भएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक मनोज न्यौपानेले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको उहाँले बताउनु भयो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses