साहरुखको चेन्नाई एक्सप्रेसको धमाका, दीपिका सबैको नजरमा (भिडियो)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

यो बर्षकै सर्वाधिक आशा गरिएको चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रोमो सार्वजनिक भएसँगै यसले तहल्का मच्चाएको छ । पूर्णतया लभस्टोरी र द्वन्द्वप्रधान यो चलचित्रको प्रोमोले भारत लगायत विश्वमै तहल्का मच्चाइरहेको छ ।



रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्र अगष्ट ८ मा विश्वभर प्रदर्शनमा आउने भएको छ । चलचित्रको प्रोमो साउथ इन्डियन सिनेमाको शैलीमा तयार गरिएको छ । चलचित्रमा नायिका दीपिका पादुकोणको संवाद र ड्रेसअपलाई दर्शकले मन पराएका छन् ।

यो बर्षकै सर्वाधिक व्यापार गर्ने विश्वास गरिएको साहरुख अभिनित ‘चेन्नाई एक्सप्रेस’ को प्रोमो एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको थियो । कार्यक्रममा नायक खान, नायिका पादुकोण, निर्देशक रोहित सेट्टी लगायत उपस्थित थिए । प्रोमो सार्वजनिक नहुँदै यसको चर्चा सामाजिक संजालमा खुबै चलेको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses