मोहन बैद्यले पसल थापेपछि
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२ असार, काठमाडौं ।
एकिकृत नेकपा माओवादीबाट पार्टी फुटाएर नेकपा माओवादी जसलाई ड्यास माओवादी पनि भनिन्छ त्यस पार्टिका अध्यक्ष मोहन बैद्यले जडीबुटी बेच्ने पसल खोल्नु भएको छ । नामैले बैद्य भएकाले पनि होला अध्यक्ष बैद्यले आयुर्वेदीक जडिबुटी पसल राजमार्गमा खोल्नु भएको छ ।

तर यो पसल बास्तविक भने होइन । प्रख्यात कार्टुनिष्ट दुर्गा बराल बात्सायनले देश संविधानसभा निर्वाचनमा अघि वढीरहेको समयमा बैद्यले भने राजमार्गहरु बन्द गराएर अवरोध पुर्याइरहेको बास्तविकतालाई ब्यंग्य गर्दै यस्तो कार्टुन बनाउनुभएको हो । जुन कार्टुन तपाइ सँगै देख्न सक्नुहुन्छ ।
कार्टुनकै भरमा समाचारले भन्दा सयौं गुणा प्रभाव र ससक्त रचना गर्दै आउनुभएका बात्सायनको यो कार्टुन अहिले सामाजिक सञ्जालभर छाएको छ । एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाल देखी टेलिभिजन समाचार प्रस्तोता अनिता सिलवाल, अजित बराल, सुरेन्द्र थापा सहित झण्डै ५० बढीले यो फोटो सेयर गरेका छन ।

बैद्यको काममा असन्तुष्ट बनेर प्रचण्ड पुत्र प्रकाश दाहालले राजनीतिक बिमतीमा यो कार्टुन सेयर गरेपनि दर्जन बढी पत्रकार तथा फेसबुकका आम प्रयोग कर्ताले भने बैद्यको काम र बिरोध मात्र गर्ने शैलिमा सहमती जनाउँदै बिचार सहित यो तस्विर सेयर गरेका छन । अब कति बुझ्ने र यसलाई कसरी बुझ्ने भन्ने कुरा परम्परागत उपचारको पसल खोलेर नयाँ बिकास र पद्धतिलाई अस्विकार गर्न खोज्नुभएका मोहन बैद्यको हातमा ।

0 comments
Write Down Your Responses