महाकालीको बाढीले दार्चुला सदरमुकामका ५ सरकारी कार्यालयसहित ३ दर्जन घर बगायो,भारतद्वारा बाँध खोल्ने घोषणा
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
भूपि धामी
३ असार, दार्चुला । अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले सोमवार मध्यान्हसम्म पाँच वटा कार्यालयसहित तीन दर्जन घर बगाएको छ । बाढीले बाङाबगडमा रहेका चार र गल्फैमा रहेका दुई घर गरी छ घर बगाएको छ भने अपिनाम्पा संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, भू-संरक्षण कार्यालय र जिल्ला अस्पताल भवन बगाएको छ । योसँगै बाढीले अहिलेसम्म घर तथा कार्यालय गरी तीन दर्जन भन्दा बढी बगाएको छ भने दर्जनौ घर तथा कार्यालय जोखिममा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय र नेपाल दूर सञ्चार प्राधिकरणको कार्यालय बाढीको उच्च जोखिममा रहेको प्रहरी नायव उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । प्रहरी कार्यालय र प्राधिकरणको भवन रहेको आधा भाग बाढीले बगाइसकेको छ भने जिल्लामा रहेको खुलामञ्च पनि आधा बगाएको छ ।जिल्ला अस्पतालको शव गृह र औषधी वितरण कक्ष बाढीले बगाइसकेको छ भने बाँकी क्षेत्र पनि उच्च जोखिममा छ । अहिले नेपाली सेना, प्रहरी तथा रेडक्रसले जिल्ला अस्पतालमा रहेका उपकरण तथा औषधी सुरक्षित स्थानतर्फ सार्ने कार्म गरिरहेका छन् ।
त्यसैगरी बाढीले गल्फैदेखि नमस्कारसम्मको भू-भागमा तिब्र कटान गरिरहेको छ । बाढीले जिल्लाका धाप, दत्तु, उकु र लाली गाविसमा पनि कटान गरिरहेको प्रहरीले जनाएको छ । पानी पर्न नरोकिए पनि भारतीय सिमानाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युतको बाधँस्थलमा पानी भरिएकाले बाँध फुट्ने खतरा बढेकाले बाँध खोल्ने भारतीय पक्षले जानकारी दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अपरान्ह ४ बजे तिर बाँध खोलिने हुँदा सदरमुकाम खलंगाको अधिकांश क्षेत्र प्रभावित हुने भएकाले कोठा सार्न तथा सुरक्षित स्थानतर्फ जान सदरमुकामबासीलाई सूचना गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बताउनुभयो ।
बाढीले भारततर्फ भने त्यति ठूलो क्षति गरेको छैन । भारतले तटबन्ध निर्माण गरेकाले र नेपालतर्फको भाग कमजोर भएकाले नदीको बहाव दार्चुला सदरमुकामतर्फ ठोकिएको हो । जिल्ला प्रशासन कार्यालयले सुरक्षित स्थानतर्फ जान आग्रह गरेपछि अहिले सर्वसाधारणहरु घमाधम सुरक्षित स्थानतर्फ सरिरहेका छन् ।प्रभावित क्षेत्रमा सेना, प्रहरी तथा रेडक्रस स्वयम् सेवकहरुले उद्दार कार्य जारी राखेका छन् । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सुरक्षा अधिकारीहरुले बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गरिरहनुभएको छ । यसैबीच नेकपा एमालेले दार्चुला सदरमुकाम खलङ्गामा तत्काल उद्धार थाल्न माग गरेको छ । एमाले सचिव विष्णु पौडेलले विज्ञप्ति जारी गरी तत्काल उद्धार कार्य गर्न र उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न सरकारसँग माग माग गनसए भएको छ ।
नदी बीचमा थुनिएका २३ मजदुरको सकुशल उद्धार
कञ्चनपुरको भीमदत्त नगरपालिका पिपरैया नजिक महाकाली नदीको बीच भागमा थुनिएका २३ जना मजदुरको सकुशल उद्धार गरिएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट ट्रक र टि्रपरसहित आइतबार राति ८ बजे बालुवा र ढुङ्गा ल्याउन गएका मजदुरहरू नदीमा आएको बाढीका कारण पिपरैया नजिकैको महाकाली नदीको बीच भङ्गालोमा थुनिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले रातभर उद्धारको प्रयास थाले पनि नदीमा पानीको बहाव उच्च भएकाले उद्धार गर्न सकेका थिएनन् ।
खराब मौसमका कारण हेलिकोप्टर आउन नसकेपछि स्थानीय बासिन्दा, प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरूले टयुबको मद्दतले २३ जना मजदुरको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक बिर्खबहादुर रावलले बताउनुभयो । नदीको बीच भागमा रातभर झरिमा भिजेका मजदुरहरूको १६ घन्टापछि उद्धार गरिएको हो । ढुङ्गा र बालुवा ढुवानीका लागि लगिएका तीनवटा टि्रपर, दुई ट्रक र एक जेसिभी भने नदीको बीच भागमै अलपत्र अवस्थामा रहेका छन् ।
source:onlinekhabar

0 comments
Write Down Your Responses