६ वर्षमै ट्रक चलाउने गुरुङ पौडीबाज बने

भिडियो हेर्न तल क्लिक गर्नुहोस

९ असार काठमाडौं । ६ वर्षको कलिलो उमेरमै ट्रक चलाएर सबैलाई चकित पार्ने शिरीष गुरुङ ९ वर्षपछि पौडीबाज भएर निस्किनुभएको छ । शिरीषलाई गुरुङ कल्याणकारी समाजले आइतबार काठमाडौंमा सम्मान गरेको छ । १५ वर्षीय शिरीषले चार सय इन्डिभिजुअल मिड्ले, दुई सय मिटर बटरफ्लाइ, दुई सय मिटर फ्रिस्टायल र १५ सय मिटर फ्रिस्टायल पौडीमा नयाँ कर्तिमान बनाउनुभएको छ ।



तुमबौद्ध सेवा समिति अनामनगर, गुरुङ पर्यटन ब्यवसायी संघ र तमु सञ्चारकर्मी संघ लगायतले आयोजित एक कार्यक्रममा शिरीषलाई बधाइ तथा शुभकामना दिइएको छ । पौडीवाज शिरीषले गत बर्ष राजधानीमा सम्पन्न ‘दोस्रो एनएसए कप खुल्ला तथा उमेर समुह पौडी प्रतियोगितामा पाँच राष्ट्रिय किर्तिमान कायम (भंग) गर्दै ६ राष्ट्रिय किर्तिमान बनाउनु भएको हो । शरीषले चार सय मिटर इन्डिभिजुअल मिड्ले र दुई सय मिटर बटरफ्लाईमा आफ्नै प्रशिक्षक वाङदेन लामाको नाममा रहेको २५ वर्ष पुरानो राष्ट्रिय कीतिर्मान तोड्नुकासाथै वहाँले दुई सय मिटर फ्रिस्टायल र चार सय मिटर फ्रिस्टायल श्यामबहादुर गुरुङको नाममा रहेको १३ वर्ष पुरानो राष्ट्रिय कीतिर्मानसमेत तोड्नुभएको छ । यसैगरी दुई सय मिटर ब्याकस्ट्रोकमा पुष्पराज शाहीको नाममा रहेको राष्ट्रिय कीतिर्मान पनि यसै प्रतियोगितामा शिरीषले नै भङ्ग गर्नुभयो ।

यस अघि प्रमोद स्मृति राष्ट्रिय पौडी प्रतियोगितामा वहाँले १५ सय मिटर फ्रिस्टायलमा जयप्रकाश गुरुङको नाममा रहेको २८ वर्षर् पुरानो राष्ट्रिय कीतिर्मान तोड्नुभएको छ । गत बर्ष नै टर्किको स्तानबुलमा सम्पन्न फिना बिश्व पौडी च्याम्पियनसिपमा शिरीसले ४ सय मिटर फ्रिस्टायलको आफ्नो समय (४.३७.४१)मा सुधार ल्याउनु भएको छ ।

पाँच बर्षको उमेरबाटै उमेर समुहको पौडी प्रतियोगितामा जम्न सुरु गर्नुभएका शिरीस सिनियरमा भने एक बर्षअघि गत फागुनमा सम्पन्न छैटौँ राष्ट्रिय खेलकुदबाट मात्रै चर्चामा आउनु भएको हो । पाँच बर्षको उमेरमा कीतिर्पुरमा भएको एक प्रतियोगितामा उत्कृष्ट योङगेष्ट प्लेयर घोषित हुनुभएका शिरीष त्यसयता कुनै पनि प्रतिस्पर्धामा पछि पर्नुभएको छैन ।

विलक्षण प्रतिभाका धनी शिरीष पौडी खेलमा मात्रै सीमित हुनुहुन्न । शिरीषले नौं वर्ष अघि नै छ वर्षको हुँदा ट्रक चलाएर दुनियालाई चकित तुल्याउनु भएको थियो । त्यसको एक वर्ष अघिबाटै शिरीषले हल्का वजनका सवारी साधन चलाउन सुरु गरिसक्नु भएको थियो । यसै बर्ष ९८ प्रतिशत अंङ्क ल्याई एलएलसी पास गर्नुभएका शिरीष संगीतमा पनि उत्तिकै पोख्न हुनुहन्छ ।

शिरीषको सम्मान कार्यक्रममा उपस्थित वक्ताहरुले गुरुङहरुको मान, सम्मान र प्रतिष्ठालाई उच्च राख्ने गुरुङ समुदायका खेलाडी शिरीषलाई बधाइ दिनुकासाथै आगामी दिनमा थप प्रगतिको कामना गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses