भेडाको भन्दै मुसा र स्यालको मासु बेचेको तथ्य सार्वजनिक
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
बैशाख २१ । चीनमा भेडाको भन्दै मुसा र स्यालको मासु बेचेको तथ्य सार्वजनिक भएको छ । प्रहरीले पछिल्लो तीन महिनामा झुक्याइ मासु बेच्ने नौं सय चार जनालाई पक्राउ गरेको छ । चीनको नागरिक सुरक्षा मन्त्रालयले तीन सय ८० उजुरीमाथि छानबिन गरेको थियो । संघाइ, कोस्टाललगायतका सहरमा बढीमात्रमा यस्तो मिसावटको घटना हुने गरेको छ । विशेष गरी मिसावटयुक्त मासु किसानलाई बेच्ने गरेको प्रहरीको भनाइ छ । चीनमा खाद्य पदार्थमा हुने मिसावटका घटना पटक–पटक हुँदै आएको छ । (एजेन्सी)
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses