एम्बुलेन्सको भाडा ट्याक्सीको भन्दा दोब्बर !

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२२ वैशाख, काठमाण्डौं । अशक्त, अपाङ्ग र बिरामीहरुलाई आवतजावत गराउने एम्बुलेन्सको भाडादर ट्याक्सीको भन्दा दोब्बर हुने गरेको छ । एम्बुलेन्सको भाडादरमा एकरुपता नहुँदा सर्वसाधारण बिरामीहरुलाई सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् ।



एम्बुलेन्सको भाडादर निर्धारण गर्ने आधिकारिक निकाय एम्बुलेन्स सञ्चालक समिति नै भएकोले एम्बुलेन्सको भाडादर ट्याक्सीको भन्दा दोब्बर हुने गरेको सरोकारवालाहरु बताउँछन् ।

नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम अधिकांश अस्पताल अगाडि बिरामीको आफन्तहरु ट्याक्सीको भन्दा एम्बुलेन्सको भाडा दोब्बर महँगो भएको गुनासो आफूहरुलाई गर्दै एम्बुलेन्सलाई छोडी ट्याक्सीमा जाने गरेको बताउँछन् ।

गोरखापत्र दैनिकका अनुसार ट्याक्सीको भाडादर तोकिएबमोजिम हुने र बढी असुले सम्बन्धित निकायले कारबाही गर्छ तर एम्बुलेन्समा त्यस्तो कारबाही गर्ने निकाय नहुँदा मनपरी भाडा असुल्ने गर्छन उनले भने ।

ट्याक्सीले चक्रपथभित्र प्रति किलोमिटर २५ रुपैयाँ र बाहिर प्रतिकिलोमिटर ३२ रुपैयाँ लिने प्रावधान छ भने एम्बलेन्समा भने सोही दूरी गराए वापत दुई सय रुपैयाँ लिने गरेको गौतमको भनाई छ ।

उपभोक्ता हकहित संरक्षण मञ्चका सचिव नेत्र धिताल पनि एम्बुलेन्स सञ्चालकहरुले लापरबाही तरिकाले भाडा असुल्ने गरेको बताउँछन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses