कुबेतमा नेपाली महिलाको बिजोग अवैध रूपमा बच्चा जन्माई हत्या
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
सिर्जना तिवारी काठमाडौ, वैशाख २७ – पछिल्लो दुई सातामा तीनजना नेपाली महिला कामदारले अवैध रूपमा बच्चा जन्माई हत्या गरेको समाचार कुबेतको नेपाली समुदायमाझ भुसको आगोझैं फैलियो । प्रहरीका अनुसार कुबेतको साद अल अब्दुल्लास्थित एक कुबेतीको घरमा काम गर्ने नेपाली चेली पेट दुःखाइ र अत्यधिक रक्तश्रावको कारण सिकिस्त बिरामी भइछन् ।
अस्पतालमा चिकित्सकले परीक्षणपश्चात् गर्भपतनको कारणले अत्यधिक रक्तश्राव भएको बताएपछि उनी प्रहरीको फन्दामा परिन् । प्रहरीले उनी कार्यरत घरको खानतलासी गर्दा बाथरुममा ब्लांकेटमा पोको पारेको अवस्थामा बच्चाको शव भेट्टाएछ । कुबेती प्रहरीसामु आफ्नो अपराध कबुल गरिसकेकाले उनी प्रहरी हिरासतमा छिन् र उनलाई गर्भवती बनाउने व्यक्तिको खोजीमा कुबेती प्रहरी लागिपरेको छ ।
त्यसैगरी कुबेतको कुरैइन क्षेत्रको एक घरको छतमा नवजात शिशुको शव भेटिएपछि त्यहाँ ठूलै हलचल मच्च्िाएछ । प्रहरीले त्यस घरमा काम गर्ने घरेलु कामदारमाथि अनुसन्धान एवं तहकिकात गर्दा नेपाली महिला कामदारले आफ्नो अपराध कबुल गरिछन् । उनले प्रहरीलाई नेपालमा केटा साथी भएको र गर्भ पनि उसैको भएको बयान दिएकी छन् । उनी नेपालबाट आउँदा नै गर्भवती भएकी तर घरमा कसैलाई पनि नभनी महिना पुगेपछि घरको छतमा बच्चा जन्माई त्यहीं छोडिछन् र पछि बच्चा मृत अवस्थामा फेला परेछ । प्रहरीले बच्च्ााको मृत्युको विषयमा पनि अनुसन्धान गरिरहेको छ ।
कुबेतकै मुवारक अल कबिर इलाकाको सार्वजनिक स्थलमा एकाबिहानै एउटा नवजात शिशुको शव भेटिएपछि दिनभर नै खैलाबैला मच्चिएछ । प्रहरीले त्यस इल्ााकामा काम गर्ने घरेलु महिला कामदारमाथि शंका गरी अनुसन्धान सुरु गर्दा एक नेपाली महिला घरेलु कामदारले आफ्नो अपराध स्वीकार गरिन् । उनले आफू काम गर्ने घरको बाथरुममा बच्चा जन्माएको र ब्यागमा हाली सार्वजनिक स्थलमा लगेर फ्याँकेकी रहिछन् । उनले पहिला पनि कुबेतमा काम गरिसकेकी र नेपाल फर्किन लाग्दा एयरपोर्ट जाँदै गर्दा ट्याक्सी ड्राइभरले बलात्कार गरेको कारणबाट गर्भ रहेको बयान कुबेती प्रहरीसमक्ष दिएकी छन् । हाल उनी पनि प्रहरी हिरासतमा नै छिन् ।
करिब ६ महिनाअघि पनि यस्तै घटना कुबेतमा भयो । एक तामाङ महिलाले कुबेतीको घरमा बच्च्ाा जन्माइन् । कुबेतका पत्रिकाहरूले कुबेती साहुको छोराको बच्च्ाा भएको भनी समाचार प्रकाशित गरे र दूतावासले पनि साहुको छोरामाथि मुद्दा दायर गर्यो तर पछि डीएनए परीक्षणको रिपोर्टले कुबेतीको छोरा निर्दोष भएको प्रमाणित भयो । त्यो बच्च्ाा उनको नेपालको केटा साथीको रहेछ । उनी कुबेत आउँदा नै गर्भवती भइसकेकी रहिछन् र कुबेतीको छोराले उनलाई जबर्जस्ती भने गरेको रहेछ । अहिले आमाछोरा नेपाल फर्किने तयारीमा छन् ।
घरेलु महिला कामदारलाई घरबाट भगाएर आफूसँग राख्ने र अवैध रूपमा बच्चा जन्माउने जोडीको पनि कमी छैन कुबेतमा । भर्खरै प्रकाशित एक समाचारअनुसार यस्तै एक जोडीले अवैध रूपमा बच्चा जन्माई विदेशीलाई ३० केडी (९० हजार रुपैयाँ) मा बेचेको घटनाले पनि सनसनी फैलायो कुबेतमा । यी त प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटनाहरू प्रायः भइरहेका छन् र धेरै महिलाले जेलमा नारकीय जीवन बिताइरहेका छन् । आफ्नो एवं आफ्ना परिवार र बालबच्चाको सुन्दर भविष्यको कामना गरी विदेशमा कमाउन आएका नेपाली चेलीहरू अशिक्षा, चेतना एवं असावधानीको कारणलेे यस्ता आपराधिक घटनामा संलग्न हुन पुगेका छन् ।
वैदेशिक रोजगारमा जाँदा गर्भवती भएमा अप्ठ्यारोमा पर्ने कुरा एउटा शिक्षित महिलाले जति राम्ररी बुझेकी हुन्छिन्, त्यत्तिकै रूपमा दुर्गम क्षेत्रका निरक्षर महिलाले बुझेका हुँदैनन् । अघिल्लो दिनसम्म नेपालमा केटा साथी वा श्रीमान्सँग बसेकी महिलाहरूले म गर्भवती भएको पनि हुन सक्छु भन्ने कुराको कल्पना पनि गरेका हुँदैन्न र होमिन्छन् आगोमा जब उनीहरूलाई थाहा हुन्छ तब उनीहरूको सहायता गर्ने कोही हुँदैनन् र अपराध गर्न पुग्छन् । कुबेतीको घरको चार दिवारभित्रको बँधुवा मजदुरको पीडा हामीले महसुस गर्नसम्म पनि सक्दैनौं र भनिदिन्छौं, ‘नेपाली महिलाहरूले नाक काटे ।’
एक अक्षर नपढेका महिलालाई खाडी मुलुकमा घरेलु कामदारको रूपमा पठाएर हामीले उनीहरूको जीवन जोखिममा पारेका छौं । तसर्थ निरक्षर महिलालाई घरेलु कामदारका रूपमा विदेश पठाउनुभन्दा कम्तीमा प्राथमिक वा निम्नमाध्यमिक शिक्षा आर्जन गरेकालाई मात्र पठाउने गर्नुपर्छ ।लेखक कुबेतस्थित नेपाली दूतावासकी श्रम सहचारी हुन् ।

0 comments
Write Down Your Responses