उत्तर कोरियाले फेर्यो रक्षा मन्त्री, अमेरिका र दक्षिण कोरियाले नियाल्दै
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
३० वैशाख,एजेन्सी। दक्षिण कोरिया र अमेरिकासंग जारी तनावका बिच उत्तर कोरियाले सेना हेर्ने मन्त्रालयमा महत्वपुर्ण फेरबदल गरेको छ। एक वर्षअघि पुर्णरुपमा सत्ता लिएयता युवा कोरियाली शासक किम जोङ उनले सेना सम्वन्धी मन्त्रालयमा मन्त्री फेरेको यो तेस्रो पटक हो। उनले हार्डलाइनर मानिएका हालका रक्षा मन्त्रीलाई पाखा लाउँदै नयाँ सैनिक जनरल ज्यङ जङ न्यामलाई महत्वपुर्ण मन्त्रालय दिएका हुन्।
नयाँ सैनिक जनरल ‘सफ्ट’ भएको बताइएको छ । रक्षा मन्त्रीका नियुक्त भएका ज्याङको उमेरको बारेमा भने थाहा भएको छै्न र उनि उत्तर कोरियाली सैनिक भित्र नयाँ पुस्ताको भएको बताइएको छ। उत्तर कोरयालाइ नजिकबाट जान्नेहरुले भने यसलाई युवा नेता उनले सेना भित्र आफ्नो ‘ग्रिप’ दह्रो पार्ने खोजेको रुपमा ब्याख्या गरेका छन्। उत्तर कोरियाली सेनामा नेता किम जोङ उनले केही समय यता महत्वपुर्ण फेरबदल गरिसकेका छन्। उत्तर कोरयाली रक्षा मन्त्रालयमा आएको परिवर्तनलाइ अमेरिका र दक्षिणकोरियाले नजिकबाट नियालरहेका छन् ।तलको बक्समा क्लिक गर्नुहोस।

0 comments
Write Down Your Responses