प्रहरीमाथि आक्रमण गर्ने ८ जना हतियारसहित पक्राउ
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
१६ वैशाख, धादिङ । धादिङ जिल्ला मैदी गाविस २ अमराईमा आइतबार राति प्रहरीमाथि भरुवा बन्दुक र धारिलो हतियार लिई आक्रमण गर्ने आठ जनालाई प्रहरीले राति नै पक्राउ गरेको छ । अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यलयमा ल्याई सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।
आइतबार राति आठ बजे मैदी-२ का सुमन पुलामी, विक्रम पुलामी समेतले सोही ठाउँका राजन अर्यालमाथि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको खबर पाई प्रहरी चौकी मैदीबाट गएको टोलीमाथि पनि आक्रमण गरी सहायक प्रहरी निरीक्षक रामबाबु राय यादव, प्रहरी जवान नरेन्द्र शाह र किरण गिरीलाई घाइते बनाएका थिए । समाउन गएको प्रहरीमाथि नै जाई लाग्नेलाई पछि जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक सूर्यबहादुर खड्काको नेतृत्वमा गएका २८ जनाको एक टोलीले राति नै आठ जनालाई हतियारसहित प्रक्राउ गरी सार्वजनिक गरिएको हो ।
एक नाल भरुवा बन्दुक, दुई वटा खुकुरी र दुई वटा खुँडासहित पक्राउ पर्नेमा धादिङ मैदी १ का वर्ष १७ देखि २६ वर्षभित्रका सुमन पुलामी, कुलबहादुर मगर, पे्रमबहादुर पुलामी, अर्जुर्न थापामगर, गोकुल आलेमगर, विष्णु थापामगर, सुनिल मल्ल र विक्रम पुलामी रहेका छन् । कार्यक्रममा प्रहरी नायव उपरीक्षक अशोक सिंह ठकुरीले दण्डहीनताको अन्त्य गर्न थालिएको कदममा राजनीतिक दलसहित सबैको सहयोग प्राप्त भइरहेको र यसलाई निरन्तरता दिने बताउँदै पक्राउ परेका अभियुक्तमाथि हातहतियार तथा खरखजाना ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने समेत बताउनुभयो । रासस

0 comments
Write Down Your Responses