भारतले थप १८ ठाउँमा सीमा मिच्यो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौँ, चैत्र २०। भारतले एक दशकभित्र नेपाल–भारत सीमावर्ती क्षेत्रमा नेपालतर्फ थप १८ ठाउँमा भारतले सीमा मिचेको पाइएको छ। चर्चित सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित “सीमा सङ्ग्राम” नामक पुस्तकमा सो कुरा उल्लेख गरिएको छ। एक दशकअघि नेपालका २१ जिल्लाका ५३ ठाउँमा सीमा मिचिएकामा हाल २३ जिल्लाका ७१ ठाउँमा नेपाली भूभाग मिचिएको पाइएको छ। पुस्तक विमोचन कार्यक्रममा सीमाविद् श्रेष्ठले पुस्तकले १० वर्षको सीमा विवादसम्बन्धी समीक्षा प्रस्तुत गरेको र यस अवधिमा नेपालको तीनवटा जिल्लामात्र विवादरहित भएको जानकारी दिनुभयो।

उहाँले नेपालको सीमास्तम्भ सुरक्षा गर्न सरकार, जनता तथा युवावर्ग सचेत हुनुपर्ने औँल्याउनुभयो। प्राडा सुरेन्द्र केसीले विश्वका ११५ देशमा सीमासम्बन्धी विवाद रहेको जानकारी दिनुभयो। पुस्तक विमोचन गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले सीमा सुरक्षाका लागि सरकारले पर्याप्त ध्यान दिनुपर्ने र युवावर्गले पहरेदारको भूमिका निर्वाह गर्नुपर्ने औँल्याउनुभयो। पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, एभिन्युज टेलिभिजनका अध्यक्ष एवम् पत्रकार भाष्करराज राजकर्णिकार, कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्माले सीमाविद् श्रेष्ठले पुस्तकमार्फत सीमा विवादको बृहत् अध्ययन प्रस्तुत गर्नुभएको बताउनुभयो। source ; weeklynepal

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses