नियम फेरिने डरले लाइसेन्स बनाउनेको संख्या हृवात्तै बढ्यो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२० चैत, काठमाण्डौं । मोटरसाइकल र स्कुटर लाइसेन्सका लागि पिच गरिएको भुईमा २.७ मिटर दूरीका पाँचवटा पोल कटाउन पनि मुस्किल पर्नेहरुलाई अबका दिन झनै कस्टकर हुनेछन् । आउँदो बैशाखदेखि कच्ची बाटोमा विभिन्न सात तहको ट्रायल पास गरेमात्रै लाइसेन्स पाइनेछ । कच्ची बाटो पनि सिधा र समतल हुँनेछैन्, भिरालो, कच्ची र खाल्डाखुल्डीमा ट्राफिक संकेतका आधारमा मोटरसाइकल गुडाउनुपर्नेछ ।

प्रिवर्तन हुन लागेको यो नियमबाट डराएर अहिले सवारी चालक अनुमतिपत्र लिन आवेदन दिनेहरुको संख्या हृवात्तै बढेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले लाइसेन्स परीक्षामा परिवर्तन गर्ने तयारीसगै आवेदन दिनेको संख्या शतप्रतिशत बढेको बागमती अञ्चल यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

‘सामान्य अवस्थामा दैनिक ३ सयदेखि ५ सय संख्यामा परीक्षामा र्फम भरिन्थ्यो, हिजो आज बढेर १२ सयसम्म पुग्यो,’ कार्यालय प्रमुख राजेन्द्र घिमिरेले भने, ‘हामीले बैशाख १ देखि नै परीक्षा प्रणालीमा परिवर्तन गर्नेछौं ।’ आइतबार मात्रै पनि एकहजार भन्दा बढीले आवेदन दिएको उनले बताएका छन् । ‘आवेदन दिन आउनेहरु सवैभन्दा बढी अनिवार्य एसएलसी उत्तीर्णका् व्यवस्थादेखि डराएका छन्,’ उनले भने ।

स्कुटीका लागि अरुबेला २ सयदेखि २ सय ५० सम्म परीक्षा दिने गरेकोमा हाल ५ सयदेखि ७ सयसम्म पुगेका छन् । साना गाडीको संख्या पनि औसत ३ सयबाट बढेर ५ सयभन्दा बढी पुगेको घिमिरेले बताएको खबर कारोबार दैनिकले छापेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses