श्रीलंकामा ८० जना नेपाली अलपत्र, ४० प्रहरी नियन्त्रणमा..हेर्नुस् (भिडियोसहित)
काठमाडौं, २ भदौ । रोजगारीका लागि ओमान जान लागेका ८० जना नेपाली कामदारहरु श्रीलंकामा अलपत्र परेका छन् । उनीहरु मध्ये ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ४० जना राजधानी कोलम्बो स्थितको एक होटलमा रहेको बताइएको छ ।

आफुहरुलाई तालिमको लागि भन्दै दलालले पाँच महिना अघि टुडिस्ट भिसामा आफुहरुलाई श्रीलंका पुर्याएको पीडितहरुले बताएका छन् । पाल्पा रामपुरका इश्वरी आलेमगर र ओखलढुंगका चन्द्रबहादुर गुरुङले प्रत्येक व्यक्तिसँग ४ लाख ५० हजार लिएर सम्पर्क बिहिन भएको अलपत्र परेका जगदिश बस्नेतले बताएका छन् ।
उनका अनुसार दलालहरुले सबैजानको पासपोर्ट लिएको र एकै ठाउँमा राखेको कारणले गर्दा खान र बस्न समेत समस्या भएको बताएका छन् । उनका अनुसार आफुहरुलाई नेपाल पनि फर्किन नदिएको र त्यसपछि आफु श्रीलंकमा रहेको नेपाली दूताबासमा सम्पर्क गर्दा कुनै चासो नदिएको आरोप लगाएका छन् ।
आफुहरुलाई नेपालमा इश्वरी र चन्द्रबहादुरले आन्तरवार्ता लिएर ओमनका लागि सुरक्षा गार्डमा १५ सय डलर तलब भन्दै यहाँ ल्याएको बताउनु भयो । ‘आज हुन्छ भोली हुन्छ भन्दै यति समय बित्यो’ र अहिले आफुहरु अप्ठ्यारोमा परेको कारणले गर्दा आफुहरुलाई उद्धार गरिदिनका लागि नेपाल सरकारसँग आग्रह समेत गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्।
0 comments
Write Down Your Responses