दुई वर्ष भित्र तामाकोसीबाट ४ सय ५६ मेगावाट विजुली उत्पादन हुने

भिडियो हेर्न तल क्लिक गर्नुहोस

६ वैशाख, काठमाण्डौं । बहुचर्चित तामाकोसी जलविद्युत आयोजनाको सुरुङ निर्माण दुई अर्व सस्तोमा सकिने भएको छ । चट्टानयुक्त कमलो भूवनोटले सुरुङ खन्न सहज हुँदा समय र लागत घट्ने देखिएको हो । यसले थप लागत जोगाउँदै आयोजना समयमै सक्न सघाउने अधिकारीहरुले बताएका छन् ।



४ सय ५६ मेगावाटको तामाकोसी स्वदेशी लगानीको पहिलो ठूलो आयोजना हो । कूल लागत ३५ अर्ब २९ करोड रुपैयाँमध्ये यसले १६ किमी सुरुङका लागि साढे ४ अर्ब रुपैयाँ छुट्टयाएको छ । ‘सुरुङ निर्माणमा बढीमा ४० प्रतिशत लागत बच्ने सम्भावना छ,’ आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले भने, ‘एक अर्ब ८० करोड रुपैयाँ सुरुङ निर्माणमा मात्र बच्ने देखिन्छ ।’ श्रेष्ठका अनुसार यो बचतले आयोजना निर्माणमा लागत थप गर्नुपर्ने अवस्था आउन दिँदैन । ‘सामान्यतया कुनै पनि जलविद्युत आयोजनाको सुरुङ निर्माण नै सयम र लागका हिसाबले जोखिमयुक्त काम मान्छि । तर हामीले यस कार्यमा सफलता पाएका छौं,’ उनले भने, ‘सुरुङ क्षेत्रका चट्टानले गर्दा पैसा र समय दुबै जोगिएको हो ।’



प्राविधिकका अनुसार कुनै पनि आयोजनामा सुरुङ निर्माणमा निर्धारित भन्दा ५० देखि शतप्रतिशतसम्म खर्च बढ्छ, नागरिक दैनिकमा खबर छ । लागत अनिश्चित बनाउने सुरुङ नै हो । उक्त आयोजनाको ४५ प्रतिशत काम पुरा भएको सिभिल इन्जिनियर बिमल गुरुङले जानकारी दिए । आयोजनाले अहिलेसम्म ११ अर्ब ६९ करोड रुपैयाँ खर्च गरेको छ ।



सहरमा सोलार राख्नेले सात हजार अनुदान पाउने<br>


तत्काल लोडसेडिङ कम हुने संकेत नदेखिएका बेला सहरी क्षेत्रमा पनि सौर्य उर्जा -सोलार) जडान गर्दा अनुदान दिने तयारी सरकारले थालेको छ । आर्थिक बर्ष २०६९/०७० को पूर्ण बजेटमा सहरी क्षेत्रलाई पनि अनुदान दिने घोषणा भएपछि सरकारले निर्देशिका बनाइरहेको छ । अनुदानसम्बन्धी कार्यविधि बनी नसकेकाले बजेट भने छुट्टयाएको छ्रन । करिब १४ बर्षदेखि ग्रामीण क्षेत्रमा मात्रै दिँदै आएको सौर्य उर्जा जडानको अनुदान प्रक्रिया सोही प्रकृतिको हुने कान्तिपुरमा खबर छ ।



सरकारले सौर्य उर्जा जडानका लागि न्यूनतम ७ हजार अनुदान दिने र सहरका ५० घरबाट जडानका लागि ५३ करोड अनुदान माग आएको उर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses