इन्डोनेसियामा ७.१ रेक्टर स्केलको भूकम्प ,भागदौड

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२४ चैत, जाकार्ता । पूर्वीय इन्डोनेसियाको दुर्गम भागमा पर्ने पपुवा प्रान्तमा शनिबार ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण सस्थाले जनाइएको छ । सो भूकम्पबाट त्रसित स्थानीय बासिन्दाहरुले घरबाहिर निस्केर सडकमा भागदौड मच्चाएका समाचारमा जनाइएको छ ।


यस भूकम्पबाट तत्काल सम्पत्ति क्षती र हताहतीको कुनै समाचार प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् । उक्त भूकम्पको केन्द्र दक्षिणपश्चिम प्रान्त्तीय राजधानी जयापुरादेखि २७२ किलोमिटर टाढा ७५ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण सस्थाले जनाएको छ ।

यस भूकम्पपछि हालसम्म सुनामीको चेतावनी भने नदिएको समाचारमा जनाइएको छ । यस भूकम्पको कम्पन पपुवा प्रान्तको कयौँ सहरहरूमा महसुस गरिएको समाचारमा उल्लेख छ ।

इन्डोनेसिया ‘अग्नी चक्र’ भित्र पर्ने देश भएको हुनाले त्यहाँ भूकम्प र ज्वालामुखी जस्ता प्रकोपले बारम्बार सताउने गरेको समाचारमा उल्लेख छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses