रेग्मी नेतृत्वमा उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दै

भिडियो हेर्न तल क्लिक गर्नुहोस

३० चैत, काठमाण्डौं । खिलराज रेग्मी नेतृत्वको सरकारलाई सहयोग गर्न बनेको उच्चस्तरीय राजनीतिक समितिको बैठक अहिले बस्दैछ । केहीबेरमा सेना समायोजन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले गरेको काम, बजेटको अवस्था तथा चुनावका बारेमा छलफल हुनेछ ।

सरकार विरुद्ध रहेका नेकपा-माओवादीसहितका साना ३३ दलसँग वार्ता गर्ने निर्णय गरेपनि यसअघि बोलाइएको समयमा विपक्षमा रहेका दल अनुपस्थित भएपछि कुनै छलफल हुन सकेको छैन् । आजको बैठकमा पनि चुनावी वातावरण बनाउन दलहरुले खेल्नुपर्ने भूमिका, सानादलसँग गरिने छलफलको एजेन्डा लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses