युरोपस्तरीय नृत्यको पुरस्कार नेदरल्यान्डस र फ्रान्सले प्रायोजन गर्ने

भिडियो हेर्न तल क्लिक गर्नुहोस

जर्मनी । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) जर्मनीले गर्न लागेको युरोपस्तरीय एकल नृत्य प्रतियोगिताको पुरस्कार नेदरल्याण्ड र फ्रान्सले प्रायोजन गर्ने भएको छ । यही १४ अप्रिलमा जर्मनीको हाम्बर्ग शहरमा हुने प्रतियोगिताको प्रथम पुरस्कार होल्यान्डबाट समाजसेवी तथा व्यबसायीहरु तुलसी गिफ्ट सेन्टरका मालिक महेन्द्र शर्मा र नमस्ते फूडका तर्फबाट फणिन्द्र पन्तले संयुक्तरुपमा प्रदान गर्नलाग्नु भएको छ । त्यस्तै दोश्रो पुरस्कार नेपाली एकता समाज फ्रान्स प्रायोजन गर्ने भएको अनेकस जर्मनीका उपाध्यक्ष तथा कार्यक्रम व्यबस्थापना समितिका संयोजक सरोज श्रेष्ठले जानकारी पनि दिनुभयो ।


महेन्द्र शर्मा र फणिन्द्र पन्त दुवै जना होल्यान्डका समाजसेवी र व्यबसायीहरु हुनुहुन्छ । लामो समयदेखि नेदरल्याण्डको आमस्टरडममा गिफ्ट शप ब्यबसाय गर्दै आउनुभएको उहाँहरुले २०११ मा नेदरल्याण्डमा भएको युरोपस्तरीय नृत्य प्रतियोगितामा समेत पुरस्कार सहयोग गर्नुभएको थियो भने फणिन्द्र पन्त युरोपका विभिन्न देशहरुमा मिनी सुपरमार्केटहरुमा टिपिकल नेपाली फूडहरु प्याकेट सप्लाई गर्दै आएको ‘नमस्ते फूड’ को मालिक हुनुहुन्छ ।

त्यस्तै दोश्रो पुरस्कार प्रायोजन गर्ने नेपाली एकता समाज फ्रान्स गत वर्ष फ्रान्सको पेरिसमा भएको युरोपस्तरीय नेपाली नृत्य प्रतियोगिता २०१२ को आयोजक पनि हो र यो संस्था अनेकसको संस्थागत सल्लाहाकार पनि हो । यो संस्थाले नेपाली र संस्कृतिको उत्थानको लागि धेरैनै उल्लेख्य कामहरु गर्दै आएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses