बि.एस.सी. द्दितिय वर्षको प्रश्नपत्र फोटोकपी सेन्टरहरुमा बिगबिगी (प्रश्नपत्रसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

चैत २० – बि. एस. सी. दोस्रो वर्षको परीक्षा सुरु हुनु एक घन्टा अघि नै प्रश्नपत्र फोटोकपी सेन्टरमा छ्यापछ्याप्ती फेला परेको छ ।



राजधानीको ठमेलस्थित अमृत साइन्स क्याम्पसका विद्यार्थीले परीक्षा हुनु एक घन्टा अघि नै प्रश्नपत्रलाई फोटोकपी सेन्दरमा पुर्याएका थिए ।

समयमै फारम बुझाएका अमृत साइन्स क्याम्पसका २० विद्यार्थीको प्रवेश पत्र नआएपछि आक्रोशित विद्यार्थीले परीक्षा हुनु अगाडि नै प्रश्नपत्र फोटोकपी सेन्टरमा पुर्याएका हुन् ।



विद्यार्थीले अमृत साइन्स क्याम्पसका क्याम्पस चिफ रामप्रसाद यादवबाट प्रश्नपत्र जबरजस्ती खोसेर प्रश्नपत्र सार्वजनिक गरेका हुन् । फारम भरेका विद्यार्थीले परीक्षा दिन पाउँनुपर्ने माग गर्दै आएका विद्यार्थीको मागलाई वेवस्था गर्दै परीक्षा सञ्चालन गरेपछि आन्दोलनमा उत्रनु परेका अखिल क्रन्तिकारी (नेकपा–माओवादी मोहन वैद्य) समूहका अध्यक्ष नवीन केसीले बताए । केसीले भने ‘समयमै फम बुझाएका हाम्रा २० जना साथीले परीक्षा लेख्न पाएनन् । विद्यार्थी माथि भएको यस्तो अन्यायका विरुद्ध क्याम्पस अगाडि मंगलबार बिहान विरोध गर्दा प्रहरी हस्तक्षे भयो । त्यसैले हामीले प्रश्नपत्र सार्वजनिक गरेका हौँ ।’

मंगलबार हुने Bachelor level /science & tech./11 year ChEMISTRY (CHEM 321) विषयको परीक्षा केन्द्रहरु रत्नराज्य लक्ष्मी क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पस र पासाङल्हामु कलेजमा भने १२ बजेदेखि परीक्षा सञ्चालन भइरहेको छ ।

परीक्षा दिनबाट बञ्चित भएका अमृत साइन्स क्याम्पसका २० विद्यार्थीलाई परीक्षामा सहभागी गराइनु पर्ने माग राख्दै आन्दोलनलाई निरन्तरता दिने आन्दोलनरत विद्यार्थीले बताएका छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses