मुस्ताङ म्याक्स सिंहदरबारमा थन्कियो, रेग्मीलाई डेढ करोडको गाडी

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२० चैत, काठमाण्डौं । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चढेको चर्तित मुस्ताङ म्याक्स गाडी भट्टराईको बहिर्गमनसँगै सिंहदरबारमा थन्किएको छ । प्रधानमन्त्रीको शपथ खाएकै दिन ११ भदौ ०६८ मा डा. भट्टराईले महँगा विदेशी गाडीको सट्टा स्वदेशमै फिटिङ भएको मुस्ताङ म्याक्स चढेर चर्चा बटुलेका थिए ।



स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने भन्दै भट्टराईले मुस्ताङ चढेपनि त्यसको सिको उनकै मन्त्रीले पनि गरेनन् । त्यसैले मुस्ताङ म्याक्सले सुरुमा ल्याएको तरंग पछि सेलाएको थिायो ।



भट्टराई सरकारको विस्थापन पछि सरकार प्रमुख बनेका खिलराज रेग्मीले विलासी गाडीमै रुचि देखाएपछि अहिले मुस्ताङ म्याक्स गृह मन्त्रालयमा थन्किएको नयाँ पत्रिकामा खबर छ । ‘प्रधानमन्त्री चढेको गाडी अन्य सामान्य व्यक्तिलाई चढ्न दिने कुरा भएन, त्यसैले थन्क्याइएको हो,’ गृहमन्त्रालयका एक अधिकारीले भने । यता नयाँ सरकारका प्रमुख रेग्मीले भने डेढ करोड रुपैयाँ भन्दा बढी पर्ने टोयोटा ल्यान्डक्रुजर चढ्दै आएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses