सर्प मर्दा रुवाबासी !

भिडियो हेर्न तल क्लिक गर्नुहोस

मकवानपुरको हाँडीखोला–२ मकरीस्थित एक स्थानीयको घरमा पाँच दिनदेखि बसेको सर्प अचानक मर्दा परिवारमा रुवाबासी मच्चिएको छ । गौतम थरका एक स्थानीयको घरमा आएको सर्पलाई सात वर्षअघि नै बितेको परिवारको सदस्यको अवतार ठान्दै अवरोध पुर्‍याइएको थिएन । ‘सात वर्षअघि बितेको घरको सदस्य हुँ भन्दै घरमुलीको सपनामा सर्प देखिएको भोलिपल्टै सर्प घरमा आएछ,’ स्थानीय विद्यालयका एक शिक्षकले भने, ‘दश दिनसम्म यहीँ बस्छु भनेर सपनामा भनेको थियो रे, पाँचै दिनमा मरेकाले परिवारमा रुवाबासी चलेको हो ।’ उनका अनुसार सिंगो गाउँमै घटनालाई अनौठो मानिएको छ । बितिसकेको सदस्य सर्पका रूपमा घरमा आएको भन्दै सो घरमा गाउँका चार–पाँचजना ब्राह्मणले पूजापाठसमेत गरेका थिए । ‘आँगनमा लम्पसार परेको सर्पलाई कपडा ओढाएर, पितृ मोक्षका भन्दै बाहुनहरूले गीता पाठ गरे,’ शिक्षकले भने, ‘यसलाई अन्धविश्वास मान्ने कि के भन्ने ? सबै आश्चर्यमा छौँ ।’ कालगतिले मरेको सर्पलाई गाउँलेले विधिपूर्वक दाहसंस्कार गरेका छन् । आफ्नो मृत बाबु सर्पका रूपमा घर आएको भन्दै काठमाडौं र सिन्धुलीबाट छोरीहरू पनि माइती आएका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses