सञ्जय दत्तलाई ५ वर्षको जेल सजाय

भिडियो हेर्न तल क्लिक गर्नुहोस

८ चैत । बलिउड अभिनेता सञ्जय दत्तलाई जेल सजाय सुनाइएको छ । सन् १९९३ मा मुम्बईमा भएको सिरियल बम धमाकामा सञ्जय दत्तलाई दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाइएको हो । भारतको सर्वोच्च अदालतले सञ्जय दत्त विरुद्ध आज यस्तो फैसला सुनाएको हो । सर्वोच्चको फैसलापछि अब सञ्जय दत्तले जेल जानुपर्नेछ । सञ्जय दत्तले अब एक महिनाभित्र जेलमा आफूलाई उपस्थित गराउनुपर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।सञ्जय दत्तलाई ६ वर्षको जेल सजायबाट एक वर्ष घटाएर ५ वर्षको जेल सजाए सुनाइएको हो । उनले यसअघि करिब डेढवर्ष जेल सजाय काटिसकेका छन् । अब उनले कम्तिमा ३ वर्ष जेल सजाय भुक्तान गर्नुपर्ने जनाइएको छ । सञ्जय दत्तलाई सजाय सुनाए लगत्तै उनकी बहिनी तथा भारतीय कांग्रेसकी साँसद प्रिया दत्तको आँखामा आँसु आएको जनाइएको छ ।सञ्जयलाई जेल सजाय भएपछि त्यसले बलिउडलाई भने धक्का लागेको बताइएको छ । भारतको सर्वोच्च अदालतले ‘फिल्म स्टार’को हिसावले जेल नतोक्न गरेको अपिललाई भने अस्वीकार गरेको समेत भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses