वकिलद्वारा पाकिस्तानि पूर्वराष्ट्रपति मुसर्रफमाथि जुत्ता प्रहार

भिडियो हेर्न तल क्लिक गर्नुहोस

कराँची (एएफपी), चैत्र १७ – पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक शासक पर्वेज मुसर्रफलाई कराँचीस्थित एक अदालतमा वकिलले जुत्ताले हानेका छन् । पाँच वर्षदेखि निर्वासनमा रहेकाका मुसर्रफ गत आइतबार मात्र पाकिस्तान फर्केका हुन् । आगामी मे ११ मा हुने भनिएको आमनिर्वाचनमा भाग लिन ६९ वर्षीय मुसर्रफ स्वदेशमा छन् । उनीमाथि कराँचीको सिन्ध उच्च अदालतमा हत्या, षड्यन्त्र र न्यायाधीशलाई निलम्बन गरेको आरोपमा मुद्दा चलिरहेको छ । उनी तोकिएको धरौटीको समय बढाउनका लागि अदालत धाएका थिए । यही मौकामा अदालतभित्र करिब २० वकिलले ‘यी तानाशाह हुन्, यिनलाई झुन्डयाउनुपर्छ’ भन्ने नाराबाजी गरेका थिए । नाराबाजी गरिरहेकामध्ये एकले मुसर्रफलाई जुत्ता प्रहार गरेको जनाइएको छ ।


मुसर्रफलाई जुत्ता नलागेको सञ्चारमाध्यमले जनाएका छ् । उनलाई जुत्ता प्रहार गर्ने ती वकिललाई प्रहरीले पक्राउ गरेको छ । यसअघि पनि मुसर्रफलाई स्वदेश फर्किएमा र निर्वाचनमा सहभागी भएमा हत्या गर्ने धम्की तालिवानीहरूले दिएका थिए । मुसर्रफले १९९९ रक्तपातविहीन तरिकाले सैनिक ‘कू’ बाट शासन आफ्नो हातमा लिएका थिए । २००८ को अगस्टमा आसिफ अलि जर्दारी राष्ट्रपति पदमा निवार्चित भएपछि उनले सत्ता छा््नुपरेको थियो । त्यसपछि उनले निर्वासन जीवन बिताइरहेका थिए । अशान्त बन्दै गएको पाकिस्तानमा तुलनात्मक रूपमा मुसर्रफको गृहनगर करँूची झनै खतरनाक सहरका रूपमा देखा परेको छ । पाकिस्तानको यो आर्थिक सहरमा हत्या र आक्रमण जारी छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses