पत्नीले अर्कैसँग विवाह गरेको भन्दै पतिले हाले बहुविवाह मुद्दा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१७ चैत, काठमाण्डौं । पतिले बहुविवाह गरेको भन्दै महिलाले मुद्दा हालेको धेरै घटना छन् । तर, पत्नीले नै बहुविवाह गरेको भन्दै एक पुरुषले पहिलो पटक अदालतमा मुद्दा हालेका छन् । झापाको जलथल घर भई हाल काठमाण्डौंमा बस्दै आएका धनेन्द्रप्रसाद ढुंगेल पत्नी टीकादेवी धनसम्पत्ति लिएर परपुरुषसँग भागेपछि न्याय माग्न अदालत पुगेका हुन् । उनले बहुविवाह गरेकाले टीकादेवी विरुद्ध कानुनी कारबाही हुनुपर्ने माग राखेका छन् । ढुंगेलको जाहेरी अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौंले जिल्ला अदालतमा उक्त मुद्दा दायर गरेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।



ढुंगेलले टीकादेवीले काठमाण्डौं महानगरपालिकाको नगर सहायक पदमा कार्यरत कर्मचारी राजकुमार चौलागाईसँग दोस्रो बिहे गरेको दाबीसहित कारबाही माग गरेका छन् । चौलागाई भने कालीमाटीका फलफूल व्यापारी हुन् । उनले टीकासँग २०५३ सालमा मागीबिहे गरेका थिए । उनीहरुको एक छोरा र एक छोरी छन् ।



रोजगारीका लागि मलेसिया गएर फर्केका ढुंगेलले अभियोग पत्रमा लेखेका छन् -’म मलेसियाबाट फर्केर झापाको घरमा गएका बेला उनी गत पुस १९ गते काठमाण्डौंमा रहेको कोठाबाट निस्केकी रहिछन् । बहुविाह गरेको कुरा मैले पुस २२ गते थाहा पाए ।’ उनले फागुन १६ गते अभियोग पत्र दर्ता गराएका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses