पशुपतिनाथसँग राष्ट्रपतिको प्रार्थना- दलहरुलाई सद्बुद्धि देऊ
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२७ फागुन, काठमाडौं
। राष्ट्रपति डा. रामवरण यादवले महाशिवरात्रीको अबसरमा आइतबार पशुपतिनाथको दर्शन
गर्नु भएको छ । यादवलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा, पशुपति
क्षेत्र विकास कोषका अधिकारीहरुले स्वागत गरेका थिए ।
पशुपतिनाथको दर्शनपछि राष्ट्रपति डा. यादवले
दलहरुलाई सद्बुद्धिका लागि पशुपतिनाथसँग प्रर्थना गरेको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो-’राजनीतिक दलहरुलाई सहमतिबाट राजनीतिक निकास निकाल्ने सद्बुद्धि
दिउन् भनेर कमना गरेँ ।’
सबै नेपालीलाई मिलेर बस्न आग्रह गर्दै उहाँले
भन्नुभयो-’सबै नेपाली मिलेर बसौं, मुलुकमा संवैधानिक निकास निस्कियोस्, नेपालीमाझ
सुख शान्ति छाओस् ।’
राष्ट्रपति यादव दर्शनका लागि पशुपतिनाथ पुगेका
बेला केहीबेर सर्वसाधारणलाई भने मन्दिर प्रवेशमा रोक लगाइएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses