विद्रोहीहरुलाई यौन आनन्द दिँदै ट्युनिसियाली महिला
एजेन्सी, ११ कात्तिक । ट्युनिसियाली अधिकारीहरूले तरुनी महिलाहरूको समूह ट्युनिसिया र सिरियाका मुस्लिम लडाकूहरूलाई यौन आनन्द दिन आफ्ना घर छोडेको समाचार सार्वजनिक भएपछि ती भनाइलाई लिएर ट्युनिसिया भर हलचल कायम भएको छ ।

चार महिना अघिसम्म विश्वभरका सञ्चारमाध्यमहरूले लगाइदिएको ‘यौन जिहाद’को बिल्लाले त्यहाँ राम्रै चर्चा पाएको थियो । तर, महिलाहरूको मुस्लिम संगठनका लडाकूहरूसँगको यौन सम्बन्ध भने रहस्यमा नै रहेको थियो । अल्जेरियासँग सिमाना जोडिएको पश्चिममा ट्युनिसियाको जेबल इच चाम्बीमा यस्ता घटना भएको बताइन्छ ।
सो दुर्गम क्षेत्र ट्युनिसियाली सेना र अल–कायदा आबद्ध लडाकूबीच गएको डिसेम्बर महिनादेखि भएका रक्तपातपूर्ण युद्धको साक्षी बनेको छ । चाम्बी क्षेत्रमा असंख्य किशोरी र महिलाहरूलाई पक्राउ गरेको दाबी अधिकारीहरूले गरेका छन् । उनीहरूले युद्धमा थकित लडाकूसँग यौन सम्बन्ध गाँसेको आरोप अधिकारीहरूले लगाउँदै आएका छन् । ट्युनिसियाली अधिकारीको सो भनाइले ट्युनिसियालाई झस्काउनुका साथै सो क्षेत्रमा बसोबास गर्ने परिवारमा चिन्ता उब्जाएको बताइन्छ ।
चाम्बीनजिकै बसोबास गर्ने एक महिलाले आङ्खनी छोरीसहित अन्य १९ जना महिला विगत दुई महिनादेखि पक्राउ परेको बीबीसीलाई बताइन्, राजधानी दैनिकमा समाचार छ । उनको बुझाइमा ती महिलाकी छोरी निर्दोष छिन् । आङ्खनी छोरी मानसिक रोगीसमेत भएकाले उनी जतिबेला पनि छोरीको चिन्ताले सताएको बताउँछिन् ।
किशोरी छोरीलाई अन्य पाका महिलासँगै पक्राउ गरिएकोमा उनले सरकारको आलोचना गरिन् । ‘उनी कहिल्यै पनि चाम्बी पहाडमा गएकी छैनन् । उनीलगायतका किशोरीमाथि सरकारले झुटा आरोप लगाइरहेको छ । उनी दिनहुँ मस्जिद जाने गर्थिन्,’ ती किशोरीकी आमाले नाम नबताउने सर्तमा बीबीसीलाई भनिन् ।
0 comments
Write Down Your Responses