बलिउड नायक साहरुख खान आराम गर्नुपर्ने समयलाई समेत वेवास्ता गर्दै यतिबेला आफ्नो नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनमा व्यस्त छन् । यतिबेला साहरुख सिनेमाको प्रमोशनका लागि देश दौडाहामा छन् । उनी शुक्रबार भारतको भुपाल र अहमबाद क्षेत्रमा पुगेका छन् ।
साहरुखले उक्त क्षेत्रमा पुगेर आफ्नो सिनेमाको प्रमोशन गरेका थिए । प्रमोशनका क्रममा भुपाल पुगेका साहरुखलाई फ्यानहरुले घेरेका थिए । भुपालमा दर्शक उर्लिएपछि तिन घन्टा ट्राफिक जाम समेत भएको थियो । स्थानिय प्रशासनले उल्लेख्य मात्रामा प्रहरी, ट्राफिक प्रहरी परिचालन गरेका थियो । यस्तै सिनेमाको प्रमोशनका लागि अहमबाद पुगेका साहरुखलाई फ्यानहरुले उत्तिकै माया दिएका थिए । उक्त स्थानमा पनि ३ घन्टा भन्दा बढि ट्राफिक जाम भएको बताइएको छ । साहरुख आउने खबर पाएपछि उनका फ्यानहरु बिहानै देखि तोकिएको स्थानमा जम्मा भएका थिए ।यस्तै साहरुख शनिबार कोलकत्ता पुग्दैछन् । उनी आइतबार दिल्ली जाने बताइएको छ । यस्तै साहरुखले सिनेमाको प्रमोशन मुम्बईमा पनि गर्नेछन् । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो सिनेमा अगष्ट ९ बाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ । चलचित्रमा साहरुख खान र दीपिका पादुकोणको मुख्य भूमिका छ ।
साहरुखले उक्त क्षेत्रमा पुगेर आफ्नो सिनेमाको प्रमोशन गरेका थिए । प्रमोशनका क्रममा भुपाल पुगेका साहरुखलाई फ्यानहरुले घेरेका थिए । भुपालमा दर्शक उर्लिएपछि तिन घन्टा ट्राफिक जाम समेत भएको थियो । स्थानिय प्रशासनले उल्लेख्य मात्रामा प्रहरी, ट्राफिक प्रहरी परिचालन गरेका थियो । यस्तै सिनेमाको प्रमोशनका लागि अहमबाद पुगेका साहरुखलाई फ्यानहरुले उत्तिकै माया दिएका थिए । उक्त स्थानमा पनि ३ घन्टा भन्दा बढि ट्राफिक जाम भएको बताइएको छ । साहरुख आउने खबर पाएपछि उनका फ्यानहरु बिहानै देखि तोकिएको स्थानमा जम्मा भएका थिए ।यस्तै साहरुख शनिबार कोलकत्ता पुग्दैछन् । उनी आइतबार दिल्ली जाने बताइएको छ । यस्तै साहरुखले सिनेमाको प्रमोशन मुम्बईमा पनि गर्नेछन् । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो सिनेमा अगष्ट ९ बाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ । चलचित्रमा साहरुख खान र दीपिका पादुकोणको मुख्य भूमिका छ ।
गुल्मीमा एक व्यक्तिले आफ्नै छोरीलाई मुखमा कपडा कोचेर बलात्कार गरेको कुरा सार्वजनिक भएको छ । यहि साउन १० गते गुल्मीको वडागाउँ-८ का रामबहादुर कुमालले आफ्नै १२ वर्षीया छोरी संगीता (नाम परिवर्तित)लाई बलात्कार गरेको र सो घटना गुपचुप राख्ने प्रयास गरिएकोले ढिला गरी सार्वजनिक भएको हो ।
कुमालले मादक पदार्थ सेवन गरेर मात्तिएको अवस्थामा आफ्नी छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उनले घरमा कोही नभएको बेला दिउँसै ढोका थुनेर मुखमा तौलिया कोचेर बलात्कार गरेको उनकी छोरीले बताइन् ।
प्रहरीलाई बयान दिँदै संगीताले आफू घर वरिपरि सरसफाइ गरिरहेका बेला बाबुले एक्कासि उचालेर घरभित्र लगेर ढोका थुनी मुखमा तौलिया कोचेर बलात्कार गरेको बताइन् । घटनाबारे संगीताले साँझ आमालाई भनेपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।
आमाको उजुरीपछि प्रहरीले रामबहादुरलाई भाग्नका लागि बडिघाट खोलामा लुकिरहेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीसँगको बयानमा रामबहादुरले रक्सीले केही थाहा नपाएर बलात्कार गरेको बताएका छन् ।
तीन कक्षामा पढ्दै गरेकी बलात्कृत संगीताको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बनेको प्रहरीले जनाएको छ । souce dcnepal
भिडियो सहित समाचार हेर्न तल क्लिक गर्नुस
१४ साउन, मोरङ । मोरङको डाँगीहाटमा गएराति एक युवती सामूहिक बलात्कृत भएकी छिन् । मोरङकै केराबारी-९ की १९ वर्षकी युवतीलाई डाँगीहाट र बेलबारीका तीन जना ब्यक्तिले सामूहिक रुपमा बलात्कार गरेका हुन् ।
जंगलभित्रबाट युवती रोईरहेको आवाज सुनेपछि प्रहरी टोली जंगलभित्र पसेको थियो । सो क्रममा प्रहरीलाई देख्ना साथ मिलन ओझा र माझी कान्छा भाग्न सफल भएका छन् भने विजय मगर र पीडित युवतीलाई रंगेहात प्रहरीले पक्राउ गरेको थियो ।
अभियुक्तहरुमाथि जवरजस्ती करणी अन्तर्गतको मुद्धा चलाइने कार्कीले बताउनुभयो ।
भिडियो सहित हेर्न तल क्लिक गर्नुस
१३ साउन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जता पुग्छन्, उनका समर्थकहरु ‘राजा आऊ, देश बचाऊ’को नारा लगाउँछन् । मध्य तराईका मठ मन्दिरहरुमा पूजापाठ गर्दै हिँड्दा होस्, वा बाढी पीडितहरुलाई राहत वितरण गर्न सुदूरपश्चिम जाँदा होस् ।
हिमानी कोषले कञ्चनपुरका बाढी पीडितलाई वितरण गर्ने कार्यक्रममा सहभागी हुन ज्ञानेन्द्र महेन्द्रनगर पुग्दा पनि समर्थकहरुले ‘राजा आऊ, देश बचाऊ’को नारा लगाए । गाडीमा सवार ज्ञानेन्द्रले केहीबेर रोकिएर ‘राजा आऊ, देश बचाऊ’ अब जनता आऊ, देश बचाऊको नारा लगाउन आग्रह गर्नुभयो ।
गाडीको झ्यालबाट समर्थकहरुलाई उहाँले भन्नुभयो-’तपाईहरु ‘राजा आऊ, देश बचाऊ’ होइन । ‘जनता आऊ, देश बचाऊ’ भन्नुस् ।’ पटक पटक अघि बढ्न खोजेर पनि रोकिँदै उहाँले राष्ट्र एक ढिक्को भएर बस्नुपर्छ, अनि पो नेपाली भनेर बस्न पाइन्छ ।’ उहाँले पैदल हिँडेर स्थानीय तथा समर्थकहरुको गुनासोसमेत सुन्नुभएको छ ।
पूर्वयुवराज्ञी हिमानी अध्यक्ष रहेको हिमानी कोषले जिल्ला दैवी प्रकोप उद्धार समिति कन्चनपुरमार्फत स्थानीय बाढी पीडितलाई राहत वितरण गरेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
स्वास्थ्यमा क्रमिक सुधार हुँदै जाने समय प्राप्त भएको छ । नयाँ मित्र बनाउँदामन त्यसै फुरुङ्क हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । डुब्नलागेको पैसा अचानक हातमा आइपुग्नेछ । पूर्व वा दक्षिण दिशाको लाभदायी यात्रासम्पन्न हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । मनमा अशान्ति रछटपटी व्याप्त हुने छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । अध्ययन,अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । परोपकार र धार्मिक क्षेत्रमालगानी गरेमा राम्रो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनकढङ्गले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनिबढ्नेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाटप्रशंसा प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । नयाँकामको हौसला मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला । विभिन्न महत्वपूर्णदिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । अर्थलाभका अवसरआउने छन् । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समय अति नै राम्रो छ । पारमार्थिक काममा खटिनु पर्नेछ । परोपकार र धार्मिकक्षेत्रमा लगानी गरेमा राम्रो पनि हुनेछ । शुभ समाचार प्राप्त हुने योग छ । झैझगडार मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । अरुको कामको लागि समय र धनदुवै खर्च होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ ।सन्तानपक्षको राम्रो माया मिल्नेछैन, तर वैवाहिक तथा पारिवारिक जीवनमाआनन्दको वातावरण बन्नेछ । विभिन्न ठाउँको अनावश्यक यात्रा हुने र निरर्थकलगानी हुने समय आएको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथैअध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । आर्थिक लाभको योगछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक काममा विजय प्राप्त हुनेछ । कुनै कुरामनमा बारम्बार आइरहने हुँदा दोधारको अवस्था सिर्जना हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज प्रतिद्वन्द्वीहरुसित सतर्क रहने दिन हो । परिवारमा पनि वैचारिक मतभेददेखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्नसक्छ । मानसिक रुपमाअनावश्यक तनावको सिर्जना हुनेछ । आकस्मिक रुपमा स्वास्थ्यमा समस्याआउनसक्छ । आम्दानीमा कमी आउने छैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योगछ । पशुव्यवसाय र कृषिपेशाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिकक्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । अहिलेसम्म गरेका कामबाट सन्तोष मान्नेठाउँ देखिन्छ । भेटघाट राम्रै होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समय राम्रो छैन । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्यकुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । विश्वासगरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेरनदिनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समय मध्यम खालको छ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुखप्राप्त हुने देखिन्छ । आज भोजभतेर खानपिन जस्ता कार्यमा सहभागी हुनुपर्लाजस्तो छ । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ ।सानातिना कुरामा अल्मलिने समय छैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिनलाई नराम्रो भन्न मिल्दैन । मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेयोग छ । आर्थिक लगानी गर्ने समय आएको छ । धेरैथोर लगानी गर्नु पर्नेछ ।आफन्त हरुले प्रशंसा गर्नेछन् । जोस र जाँगर बढ्नेछ । व्यापारिक कारोबारमासुधार आउने योग छ ।





