• मुख्यपृष्ठ
  • मुख्य समाचार
  • स्वास्थ्य टिप्स
  • अपराधिक समाचार
  • मनोरञ्जन
  • भिडियो
  • टिभी सिरियल
  • नौला खबर
  • विनिमय दर
९ असार, पोखरा । घटना २० बर्षअघिको हो । पोखरा बाग्लुङ राजमार्गको नयाँ पुलमा तीन जना मिलेर बाबुरा रोकाको हत्या गरे । अभियुक्तहरु फरार थिए, जिल्ला र पुनरावेदन अदालतले अभियुक्तहरुलाई हत्यारा ठहरगर्दै जन्मकैदको फैसला सुनायो ।



तिनैमध्येका एक पूर्णबहादुर श्रेष्ठ गत पुस महिनामा पक्राउ परे । तर, उनी हत्याका दोषी होइनन् भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भयो । उनी सजाय ठहर भएका व्यक्ति होइनन् भनेर प्रमाणित गर्न कीर्ते कागजातसमेत बनाएर अदालतमा प्रस्तुत गरियो । पुनरावेदन अदातलले त्यो रिट खारेज गर्ने आदेश दियो । २७ जेठमा सर्वोच्च अदालतले पनि पुनरावेदनकै फैसलालाई सदर गरिदिएपछि पूर्णबहादुर जन्मकैदको सजाय भोग्न बाध्य भएका छन् ।

बन्दी प्रत्यक्षीकरणको यो मुद्दा जित्न पूर्णबहादुरको दाजुभाईको संख्या नै बढाएर नक्कली कागजात बनाइएको र त्यही आधारमा मुद्दा खडा गरिएको घटनाले यतिबेला कानुनी जगतमा हल्लीखल्ली मच्चिएको छ ।

रोकाको हत्या अभियोग प्रमाणणित भएर अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका लाहाचोक-५, कास्कीका पूर्णबहादुरलाई रिहा गर्न उनकी पत्नी सावित्रीले पुनरावेदन अदालत पोखरामा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् । उनको रिटमा पक्राउ परेका पूर्णबहादुर अदालतबाट सजाय सुनाएका कुमार श्रेष्ठभन्ने व्यक्ति नभएको दतर पक्राउ परेका व्यक्तिको नाम नागरिकतामा पूर्णबहादुुर भएको दाबी गर्दै उनलाई तत्काल रिहा गर्ने मागसहित सावित्री अदालत गएकी आइतबार प्रकाशित नेपाल साप्ताहिकमा खबर छ ।

अदालतमा पेस गरिएका कागजातमा मालपोत कार्यालयको कागजातसमेत सच्याएर पूर्णबहादुर निर्दोष सिद्द गर्न खोजिएको देखिएपछि पुनरावेदन अदालत पोखराको २१ फागुनमा बन्दी प्रत्यक्षीकरणको त्यो रिट खारेज गरिदिएको र पछि सर्वोच्चले त्यसैलाई सदर गरेको हो ।

पुनरावेदन अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डिल्लीराज आचार्यको संयुक्त इजलासले उक्त बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको थियो । २५ पुस ०६९ मा परेको यो रिटमा सावित्रीका तर्फबाट नेपाल बार एसोसिएसनका उपाध्यक्ष टिकाराम भट्टराई र नेपाल बार एसोसिएसन कास्कीका अध्यक्ष कमलप्रसाद अर्यालले बहस गरेका थिए ।
onlinekhabar



बाँकी भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
केटी भनेको क्युट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ’ रिलिजको तयारीमा रहेको फिल्म होस्टेलका नायकद्वय अनमोल केसी र सलोन बस्नेत पालैपालो भन्छन्– ‘केटी भनेको हट नै हुनुपर्छ, क्युट त पप्पी पनि हुन्छ।’ होस्टलको प्रोमो र सामाजिक सञ्जालबाट अनमोल र सलोनको यस्ता संवाद सार्वजनिक भएपछि यही प्रकारका संवाद सामाजिक सञ्जालदेखि बलिउडसम्म पैmलिएका छन्।'



सर्वसाधारणदेखि कलाकार, पत्रकार, निर्माता, निर्देशकसम्मले यस्तो किसिमको संवाद बनाई फेसबुकमा पोस्ट गर्न थालेपछि होस्टलको प्रमोसन सरल र रोचक बन्न पुगेको छ। फिल्मको डाइलगको फलो गर्दै फेसबुकमा निरन्तर पोस्ट भइरहेका छन्– ‘मान्छे भएर बिन्दास हुनुपर्छ, सिरियस त बिरामी पनि हुन्छ।’ अर्को कसैले पोस्ट गरेछ– ‘केटी भनेको भर्जिन हुनुपर्छ पब्लिक त ट्वाइलेट पनि हुन्छ।’'

केटीहरुले पनि केटालाई छोडेका छैनन्, एक फेसबुक युजरले डाइलग बनाएका छिन्– ‘ब्वाइफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ।’ फेरि अर्कोले टिप्पणी गरेका छन्– ‘केटी भनेको त सोझी पो हुन पर्छ, बांगो त कुकुरको पुच्छर पनि हुन्छ।’'

अर्का फेसबुक युजरले थपेका छन्– ‘केटी भनेको बोल्ड र ब्युटी पो हुनुपर्छ फेयर एन्ड लभ्ली त क्रिम पनि हुन्छ।’ आधुनिक जमानाको प्रतिनिधित्व गर्दै केटीबाटै कमेन्ट आएको छ– ‘केटी भनेको मस्त हुनुपर्छ भर्जिन भनेको त रक्सी पनि हुन्छ।’ त्यसै गरी होस्टलको संवादलाई लिएर नेपालको झन्डाको सान बढाइएको छ– ‘झन्डा त हाम्रो नेपालको जस्तो पो हुनुपर्छ, चारपाटे त सिंगान पुछ्ने रुमाल नि हुन्छ।’ राजनैतिक नेताहरुलाई पनि छोडिएको छैन। फेसबुकमै भनिएको छ– ‘नेता त सबै हुन्छन् तर संविधान बनाउने कम नै हुन्छन्।’ कमसल उत्पादनलाई उडाउँदै भनिएको छ– ‘पहिचान भनेको नेपाली हुनुपर्छ, चाइनिज त मोबाइल पनि हुन्छ।’'

फेसबुक प्रयोगकर्तालाई चाहिँ व्यंग्य गरिएको छ– ‘स्टाटस भनेको त आफ्नो स्टाइलको हुनुपर्छ, कपी पेस्ट त जसले पनि गर्छ।’ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दिइएको छ– ‘स्टुडेन्ट भएपछि त इन्जिनियर पो हुन पर्छ, डाक्टर त बाबुराम भट्टराई पनि हुन्छन्।’ देशसँग जोडेर पोस्ट भएको छ– ‘देश भनेको त मेरो नेपाल जस्तो पो हुनुपर्छ हिमाल पहाड तराई भाको, मरुभूमि त साउदीमा नि हुन्छ।’ फेरि नेतालाई नै व्यंग्य– ‘छोरा भनेको भलादमी हुनुपर्छ, सुशील त कोइराला पनि छ।’

बल र बुद्धिको पुरानो बहसमाथि भनिएको छ– ‘मान्छे त बुद्धिमान पो हुनुपर्छ, बलवान त खैनी पनि हुन्छ।’ अध्ययनलाई जोड दिँदै एक जना युजरले लेखेका छन्– ‘जाँच दिएपछि त विशिष्ट श्रेण्ँी पो आउनुपर्छ, पास त फिल्महलमा पनि हुन्छ।’'

कुरा बलिउड हिरोको पनि आएछ– ‘साथी त भलादमी पो हुनुपर्छ, चुलबुल त सलमान खान छँदै छ नि।’ साँचो प्रेमका लागि पनि कमेन्ट पोस्ट भएको छ– ‘लभ गरेपछि ट्रयु लभ पो गर्नुपर्छ फल्स त आइमाईको सारीमा नि हुन्छ।’ फेरि केटीलाई नै व्यंग्य छ– ‘केटी भनेको त राम्री हुनुपर्छ, सुन्दरी त बाँदर्नी पनि हुन्छे नि।’ अर्को प्रसंग भेटियो– ‘केटी भनेको सेक्सी हुनुपर्छ, मायालु त जाबो साबुन पनि हुन्छ नि।’ अर्को तर्क– ‘केटी भनेको लभ्ली पो हुनुपर्छ, एङ्ग्री त बर्ड नि हुन्छ नि।’ त्यस्तै तर्क– ‘केटी भनेको दिलदार हुनुपर्छ, मुटु त जनावरमा नि हुन्छ नि।’ अर्का युजरले थपेका छन्– ‘केटी भनेको शीलवती पो हुनुपर्छ, लज्जावती त झार नि हुन्छ नि।’'

एउटै सिंगै फिल्मलाई नै पुग्ला जसरी होस्टलबाट शुरु भई फेसबुकमा धमाधाम पोस्ट भइरहेका यी रोचक र घोचक संवाद बलिउडको टेलिभिजनसम्म पुगेको पाइएको छ। भारतीय टेलिभिजन च्यानल कलर्सबाट हालै प्रसारित बालिका बधु सिरियलमा होस्टलकै ढाँचाको संवाद सुनियो। सिरियलमा भनिएको थियो– ‘लड्का होके कुल होना चाहिए, हट तो डग भी होता हे। भिडियो हेर्नुहोस ’'
आरपी सुवेदी

८ असार, नेपालगञ्ज । भारत उत्तराखण्डमा चारधाम यात्रामा गएका बेला बाढी र पहिरोको प्रकोपमा परेर बाँच्न सफल भएका ३० जना नेपाली शनिबार नेपालगञ्ज नाका हुँदै स्वदेश फर्किएका छन् । भारत सरकारले उनीहरुलाई उद्दार गरि हरिद्वार हुंदै बसबाट नेपालगन्ज पुर्‍याईएका ३० जना नेपालीहरु जिल्ला प्रशासन कार्यालय बांकेको सम्पर्कमा आएका छन् ।

बाढीबाट ज्यान जोगाउन सफल रुकुम, रोल्पा, सल्यान र जाजरकोटका ३० जनालाई जिल्ला प्रशासन कार्यालयले बाटो खर्च दिएर घर पठाएको छ । मृत्युको मुखबाट बच्न सफल रोल्पाका पहलमान घर्तीले पानीको बहावमा सयौं मानिसहरु बगेको आफैले देखेको बताए । उनले आफ्नै आँखा अगाडी भेल र पहिरोमा अनगिन्ति मानिस बगेको देख्दा आफैपनि बाँचिदैन कि भन्ने लागेको सुनाए ।



केदानाथर गौरीकुण्डमा तीर्थ गर्न जाने तिर्थालुहरुको डोलेका रुपमा काम गर्ने घर्तीले बाढी आएको संकेत पाउनासाथ आफूहरु डांडातिर भागेर ज्यान जोगाएको बताए । रोल्पा ईरवाङ्गका रामबहादुर पुन बाढीबाट ज्यान जोगाउने क्रममा घाईते भएका छन् । बगेको पानीमा धर्मशालाको छड समातेर ज्यान जोगाएको पुनले बताए ।

पानीमा बगेर पनि पौडेर निस्किएको रुकुमका कमानसिंह पुनले बताए । कोठामा राखेको नगद र लगाउने कपडा समेत निकाल्न नपाएका नेपालीहरुलाई भारतको बिभिन्न स्थानहरुमा निशुल्क भण्डारा खुवाउंदै बस चढाएर नेपाल भारत सिमानाको रुपैडियासम्म पुर्‍याउने ब्यवस्था भारत सरकारले मिलाएको थियो ।

रुकुम रुघा -९का बलबहादुर बोहराले आफुसंगै भएको भाईलाई बाढीले बगाएर लग्दा आफु केही गर्न नसक्ने अवस्थामा पुगेको बताए । उनी र उनको भाई लालबहादुर बोहरासंगै केदारनाथमा डोलेको काम गर्दै आएका थिए । उनले आफुसहित अन्य २ सय बस्दै आएको घरपनि बगाएकोले आफुले लगाएको लुगा बाहेक केही पनि बचाउन नपाएको बताए । उनले भने, रातभर पानीमा रुझेरै रुखमुनि बसियो । तीनदिनसम्म केही पनि खाना पाएनौं पछि हेलिकम्टरले उद्धार गरेर हरिद्वार पुर्‍यायो । आज नेपालको बोडेरमा आउदा आमाबाको काखमा आएको जस्ता लागेको छ ।’



दैलेख बालुवाटारका डिलबहादुर बस्नेत, बसन्त सिंह रोल्पाका लक्ष्मण विश्वकर्मा, रत्न विश्वकर्मा पनि केदारनाथामा डोलेको काम गर्दै आएका हुन् । उनीहरु बेखर्चि रहेको बताए । नेपालगन्जको सुर्खेतरोडमा भेटिएका उनीहरुले जंगलमा सातदिनसम्म हिडेर जंगलको निउरो तथा पातपतिंगर खाँदै हरिद्वार पुगेको बताए ।

गृह मन्त्रालयको निर्देशन बमोजीम बाटोखर्च र खाना खर्च गर जनहि १ हजार २ सयदेखि १ हजार ५ सयसम्म नगद बितरण गरिएको जिल्ला प्रशासन कार्यालय बांकेका प्रशासकिय अधिकृत बसन्त कनौजियाले बताए । ज्यान जोगाएर नेपालगन्ज आईपुग्नेहरुमा रोल्पाका १० , सल्यानका ७, रुकुमका ७ र जाजरकोटका ६ जना रहेका छन् । उद्धार गरिएका नेपालीहरु र्फकने क्रम जारी छ ।onlinekhabar




पुरै भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।



बाँकी भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।
चन्द्रमा अर्थात् पृथ्वीको उपग्रह । यो पृथ्वीभन्दा धेरै सानो छ र झण्डै २ लाख ३३ हजार माइल टाढा छ । यसले पृथ्वीको परिक्रमा गर्छ, र्सर्ूयबाट प्रकाश ग्रहण गरी रातको समयमा जून बनेर चम्किन्छ ।

सौर्यमण्डलमा भएका बुध र शुक्र बाहेक अरु सबै ग्रहका उपग्रह छन् । यदि पृथ्वीको पनि उपग्रह नभैदिएको भए र चन्द्रमाको ठाउँ अरु ग्रहहरुले ओगटेको भए के हुन्थ्यो होला – अर्थात् पृथ्वीबाट अहिले चन्द्रमा जति नजिक छ उत्तिकै दूरीमा अन्य ग्रह पृथ्वीबाट नजिक भएको भए कस्तो देखिन्थ्यो होला – सायद यो असम्भव कल्पनाको विषय हो । तर यहीँ काल्पनिक विषयलाई एकजना अन्तरीक्ष कलाकारले तस्वीरमा उतारेका छन् ।

अमेरिकी अन्तरीक्ष संस्था नासाका पर्ूव निर्देशक रोन मिलरले डेथ भ्याली माथिको आकाशमा देखिएको चन्द्रमाको तस्वीरलाई डिजिटल प्रविधिले रुपान्तरण गरी चन्द्रमाको ठाउँमा अन्य ग्रहहरुलाई एक एक गरी स्थापित गर्दै निकै मनमोहक तथा अनौठा तस्वीर तयार पारेका छन् । साँच्ची यदि चन्द्रमाको ठाउँमा अन्य ग्रहहरु रहेको भए डेथ भ्याली माथिको आकाश कस्तो देखिन्थ्यो होला ? हेरौँ न एकछिन यी रोमाञ्चक दृश्यहरु

क्यालिफोर्नियास्थित डेथ भ्याली माथिको आकाशमा चम्किएको चन्द्रमा तल


चन्द्रमाको ठाउँमा शुक्र भएको भए


यदि चन्द्रमाको ठाउँमा बुध ग्रह भैदिएको भए


चन्द्रमाको ठाउँमा मंगल भएको भए


चन्द्रमाको ठाउँमा मंगल वृहस्पती हुँदा


चन्द्रमाको ठाउँमा शनि हुँदा


चन्द्रमाको ठाउँमा अरूण हुँदा


चन्द्रमाको ठाउँमा वरूण हुँदा
Newer Posts Older Posts Home
Recent Updates
Popular Posts
  • बारुली कम्मर भाचिएको यस्तो जबर्जस्त डान्स तपाईंहरुले सायद कहिल्यै देख्नु भएको थिएन होला!!ल हेर्नुस् आज..(भिडियोसहित)
  • आजको पञ्चाङ्ग र राशीफल,२०७० साल आषाढ १९ गते बुधबार,
  • एक बोतल विर्य दिएर प्रेम प्रस्ताव
  • नेपाली पोर्न साइटमा फेरी अर्को धमाका १८+ ले मात्र हेर्नुस
  • गायत्रीले ल्याइन उठेर बसेर
  • दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्शन मण्डेलाको निधन, भिडियो
  • खाडी क्षेत्रमा ६ लाख विदेशी कामदार जबरजस्ती श्रममा,अधिकांश यौन हिंसाका सिकार
  • २०७० सालको पहिलो तीन महिना अनिष्टकारी हुने भविष्यवाणी
  • पोर्न फिल्म हेर्ने जागिर
  • 'एमाले किन पराजित भयो?'
Blog Archive
  • March (1)
  • February (3)
  • January (37)
  • December (106)
  • November (150)
  • October (99)
  • September (17)
  • August (197)
  • July (277)
  • June (213)
  • May (169)
  • April (266)
  • March (202)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home