एमाओवादीमा रातारात समिकरण बदलियो, बाबुरामले छोडे प्रचण्ड

भिडियो हेर्न तल क्लिक गर्नुहोस

८ मंसिर,काठमाडौ।एमाओवादीमा रातारात समिकरण बदलिएको चर्चा छ । हिजो सम्म अध्यक्ष प्रचण्डलाइ जारी मतगणना र निर्वाचनको नतिजा कुनै हालतमा स्विकार नगर्न साथ दिएका बाबुराम भट्टराई चुनावी नतिजालाइ स्विकार गरेर अघि बढ्न तयार देखिएका छन्।

हिजो सम्मको अवस्थामा प्रचण्ड-बाबुराम जारी मतगणनालाइ अस्विकार गर्ने र संविधानसभाम नजाने पक्षमा थिए। तर अर्का प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ भने संविधानसभामा जानु पर्ने विचारमा थिए।



तर शनिवार बिहानसम्म बाबुरामले मन परिवर्तन गर्दै संविधानसभाको नतिजालाइ स्विकार गर्ने र पार्टी सुदृढिकरण तिर लाग्दै अर्को पटकलाइ तयारी गर्ने मन बनाएको बुझिएको छ। प्रचण्डले काठमाडौ १० हारे पनि सिरहामा जितेकाले उनलाइ सम्झाउन सजिलो हुने बाबुरामको आँकलन छ। बुझिए अनुसार हिजै बाबुराम र नारायणकाजीको भेट वार्ता भएको थियो । नारायणकाजीले कार्यदिशा बदल्न नहुने र संविधानसभामै गएर संघर्ष गर्न तयार हुनु पर्ने विचार राखेका थिए ।

आजदेखि एमाओवादीमा बैठकहरु बस्दैछन्, पोलिटब्युरो र केन्द्रिय समितिको बैठकपछी ठोस निष्कर्ष निक्लने संभावना छ। बाबुराम र नारायणकाजी संविधान निर्वाचनको नतिजालाइ स्विकार गरेर अगाडी बढ्ने लाइन आईसकेपछी प्रचण्डपनि यसैमा सहमत हुने अनुमान गरिएको छ। यद्पी तीनै नेताहरु पोलिट्ब्यरो र केन्द्रिय समितिमा अन्य नेताहरुको भाव बुझेर अघि बढ्न भने सहमत छन् ।

स्रोत : नेपालीहेडलाइन

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses