वर्षमान पुनको कार्यालय नजिकै कुकर बम
अर्जुन राजवंशी
१५ कात्तिक, मोरङ । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य बर्षमान पुनको निर्वाचन क्षेत्रमा बम फेला परेको छ । आगामी मंसिर ४ को संविधानसभा निर्वाचनको लागि पुन उम्मेद्वार बन्नु भएको मोरङ निर्वाचन क्षेत्र नम्बर ९ को क्षेत्रीय पार्टी कार्यालय नजिक आज विहान प्रेसर कुकर बम फेला परेको हो ।
उर्लाबारी-२ स्थित क्षेत्रीय पार्टी कार्यालयको १५ फुट नजिक पश्चिमपट्टी प्रेसर कुकर बम फेला परेको हो । विहान पौने ७ बजेतिर स्थानीयबासीले कार्यालय नजिकैबाट उत्तर जाने भित्री सडकमा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बम डिष्पोज गर्न पूर्वी पृतन हेडक्वाटर इटहरीबाट सेनाको डिष्पोजल टोली आउदै गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक खगेन्द्र खड्काले बताउनु भयो । तार बेरिएको कुकर कार्यालय नजिक राखिए पनि सो बम नभइ चुनाव बहिष्कार गरेका पार्टीहरुले जनतामाझ आतंक फिजाउन चालेको कदम भएको एकीकृत माओवादी कोचिला राज्य समितिका सदस्य राजेन्द्र पौडेलले बताउनु भयो ।
0 comments
Write Down Your Responses