डेलका नयाँ ल्यापटमा बिरोलोको पिसाव गन्हायो
डेलको ल्याटीट्यूड ६४३० यू अल्ट्राबुक्स ल्यापटपमा विरालोको पिसावको गन्ध आएको उपभोक्ताले उजुरी गरेका छन् ।
थ्री वेष्ट नामका उपभोक्ताले डेलको हार्डवेयर सपोर्ट फोरममा आफ्नो उजुरीमा लेखेका छन्–‘मैले केही सातापहिले ल्याटीट्यूड ६४३० यू किनेको थिएँ । यसले निकै राम्रो काम गर्छ । तर, त्यसमा यस्तो गन्ध आउँछ कि कुनै विरालोको पिसाव घरको नजिकै बनाइएको हो । यो निकै झूर हो ।’
सुरुमा उपभोक्ताहरुले ल्यापटपबाट पिसावको गन्ध आउनुमा आफ्नो घरमा पालिएको बिरालोलाई दोषी ठाने । कतिपयले बिक्रेतासमक्ष यो गुनासो राख्दै त्यही मोडलको नयाँ ल्यापटप ल्याएर चलाए । तर, समस्या समाधान भएन, ल्यापटपबाट निरन्तर बिरालोको पिसावको गन्ध आइरह्यो । तर, डेलका इन्जिनियरहरुले भने ल्यापटपमा कुनै पनि जैविक पदार्थ नभएको दावी गरे ।
गत मे, जुन महिनादेखि नै उपभोक्ताले डेलको फोरममा ल्यापटपबाट निस्किएको गन्धबारे उजुरी थालेका थिए । सेप्टेम्बरमा मेइलिओन्ज नामक अर्का ग्राहकले गुनासो गर्दै भने–‘यो गन्ध ल्यापटपमको प्लाष्टिकमा प्रयोग गरिएको पोलिमरबाट आइरहेको छ ।’
त्यसपछि बल्ल डेलले मुख खोल्यो–‘यसबाट आउने गन्धले मानव स्वास्थ्यमा कुनै असर गर्दैन, समस्या भएका ल्यापटप बिक्रेताकहाँ फिर्ता गरिदिनुहोला ।’ यो समस्याबाट पीडित प्रयोगकर्ताले आफ्नो ल्यापटप साट्नका लागि सम्पनीमा पठाउन सक्नेछन् ।
म्यान्यूफ्याक्चरिङ प्रक्रियाको समस्याका कारण यस्तो भएको भन्दै डेलले त्यसमा सुधार गर्ने बतायो ।
0 comments
Write Down Your Responses