विश्वकप छनोट क्रिकेटमा नेपालले डेनमार्कलाई ५ विकेटले हरायो
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
काठमाडौं २९ कात्तिक । यूएईमा आजबाट सुरु टी ट्वान्टी विश्वकप छनौटको पहिलो खेलमा नेपालले बिजयी सुरुवात गरेको छ । दुवईमा आज भएको पहिलो खेलमा नेपालले डेनमार्कलाई ५ विकेटले हराएको हो ।
डेनमार्कले दिएको ८० रनको लक्ष्य नेपालले १३ दशमलव एक ओभरमा समाप्तिमा ५ विकेटको क्षतिमा जित भेट्टायो । यस अघि पहिले टस जितेर ब्याटिङ गरेको डेनमार्कले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ७९ रन बनाएको थियो । यस अघि गत बर्ष भएको विश्वकप छनौटको खेलमा डेनमार्क नेपालसंग ९ विकेटले हारेको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses