प्रचण्डको क्षेत्रमा अन्य दललाई अवरोध,रौतहटमा फोरम र एमाओवादीबीच झडप (अपडेट)
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
मतदान गरेर फर्कंदै गरेका दुर्इ बृद्दको मृत्यु (अपडेट)
४ मंसिर, काठमाडौं । संविधानसभाका लागि आज बिहान ७ बजेदेखिदेशभरिका १० हजार १३ वटा मतदान केन्द्रहरुमा एकसाथ मतदान शुरु भएको छ । देशभर १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता रहेका छन् । जसमा ५९ लाख ८० हजार ८ सय ८१ पुरुष, ६१ लख ६६ हजार ८ सय २९ महिला तथा १ सय ५५ तेस्रो लिङ्गी छन् ।
१० हजार १३ मतदान स्थाल छन् भने १८ हजार ४ सय ५६ मतदान केन्द्र छन् । यस्तै ३ सय ३६ अस्थायी मतदान केन्द्र राखिको छ । मतदानको समय विहान ७ बजेबाट साँझ ५ बजेसम्म तोकिएको छ ।
मतदानका क्रममा देखिएका देशभरिका घटनाबारे अनलाइनखबर अपडेट :
खुकुरी प्रहारबाट एमालेकी पूर्व सभासद घाइते
दोलखाको ठूलोपातल मतदान केन्द्रमा मतदानका विषयमा झडपका क्रममा खुकुरी प्रहार गरिंदा एमालेकी पूर्व सभासद शान्ति पाख्रिन गम्भीर घाइते भएकी छन् । एमाओवादी र कांग्रेस कार्यकर्ताहरूले आक्रमण गरेको पाख्रिनले बताउनुभयो । खुकुरी प्रहार गर्ने ५ जनालार्इ नेपाली सेनाको सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ । घटनापछि अवरूद्द मतदान प्रकृया २ घण्टापछि सुचारु भएको थियो ।
मतदान गरेर फर्केका दुई बृद्धको मृत्यु
मतदान गरेर फर्कने क्रममा दैलेखको नारायण नगरपालिका-६ का ७२ वर्षीय राजाराम न्यौपाने र पर्साको वीरगञ्ज-१५ का ७३ वर्षीय गौरीशकंर मानन्धरको मृत्यु भएको छ ।
रौतहटमा फोरम नेपाल र एमाओवादी कार्यकर्ताबीच झडप
रौतहट क्षेत्र नम्बर ३ स्थित कोठीयाही मतदान केन्द्रमा बुथ कव्जा गर्ने क्रममा मधेसी जनाधिकार फोरम नेपाल र एकीकृत माओवादीका कार्यकर्ताबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ ।
प्रचण्डको चुनाव क्षेत्रमा अन्य दलका मतदातालाई भोट हाल्न अवरोध
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उठ्नुभएको सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं. ५ का तीनवटा मतदान केन्द्रमा एमाओवादी कार्यकर्ताहरूले अन्य दलका कार्यकर्तालाई भोट हाल्न अवरोध गरेका छन् । एकीकृत माओवादीका कार्यकर्ताहरूले अन्य पार्टीका कार्यकर्ताहरूलाई प्रवेश गर्न नदिएर एमाओवादीका कार्यकर्ताईमात्र भोट हाल्न दिएको विपक्षीको आरोप छ ।
समाचार संकलन गर्न नपाएपछि पत्रकार धर्नामा
समाचार संकलन गर्न नदिएको भन्दै दाङका सञ्चारकर्मीहरुले जिल्ला प्रहरी कार्यालय दाङ अगाडि धर्ना दिएका छन् । मतदान केन्द्रमा पुगेर समाचार संकलन गर्न प्रहरीले रोक लगाएपछि सञ्चारकर्मीहरु धर्नामा बसेका हुन् ।
ओली मतदानका लागि झापाबाट भक्तपुरमा
एमाले नेता केपी शर्मा ओली मतदानका लागि झापाबाट काठमाडौं आउनुभएको छ । झापा क्षेत्र नं. ७ बाट उम्मेदवार हुनुभएका नेता ओलीको मतदाता नामावली भक्तपुरको बालकोटमा रहेको छ । मत हाल्नैका लागि आफ्नो चुनावक्षेत्र छोडेर मतदान गर्नैका लागि वहाँ काठमाडौं आउनुभएको हो ।
वैद्य माओवादीले मतपत्र खोस्ने क्रममा १४ जना घाइते
दैलखको चामुण्डाको हाडाकोतस्थित मतदान केन्द्रमा वैद्य माओवादीका कार्यकर्ताले मतपत्र लुट्ने क्रममा भएको भागदौडमा १४ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको रबरको गोली लागेर मतदान केन्द्रमा खटेका एकजना कर्मचारी घाइते भएका छन् ।
भोजपुरमा बम राखेर अवरोध प्रयास
भोजपुर विभिन्न गाविसका मतदान केन्द्रहरूमा विस्फोटक पदार्थ राखेर निर्वाचनमा अवरोधप्रयास भएको छ । जिल्लाको उतरी मूलपानी गाउँ विकास समितिस्थित कृषि भवन मतदान केन्द्र नजिकै सकेट फेला परेको छ । मतदाता त्रसित पार्न राखिएको सकेटबम प्रहरीले हटाएको छ । भोजपुरकै उतरी कुदाककाउले र चौकीडाँडा गाविसका मतदान केन्द्र जाने बाटोमा राखिएका शंकास्पद वस्तु चुनावी सुरक्षामा खटिएका सुरक्षाकर्मीले हटाएक छन् । भोजपुर प्रहरी प्रमुख नान्तीराज गुरूङले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण वातावरणमा मतदानप्रकृया चलिरहेको बतउनुभएको छ ।
जनमोर्चा अध्यक्ष केसीद्वारा मतदान
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङ जिल्लाको मल्म-२ स्थित लक्ष्मीनारायण प्राथमिक विद्यालयको मतदान केन्द्रबाट केहीबेर अघि मतदान गर्नुभएको छ ।
बझाङको पाटादेवलमा मतदान सुरू
बझाङ जिल्लाको क्षेत्र नम्बर १ स्थित पाटादेवल उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा केहीबेरअघिबाट मतदान प्रकृया शुरू भएको छ । सो मतदान केन्द्रमा सेना र प्रहरीको थप टोली हेलिकोप्टरबाट पठाएर सुरक्षाव्यवस्था कडा बनाइएपछि मतदान सुरु भएको हो । नेपाली कांग्रेस र एमालेका कार्यकर्ताहरूबीत गयरातिबाट भएको झडपले स्थिति तनाबग्रस्त भएपछि सो केन्द्रमा निर्धारित समयमा मतदान सुरू हुन सकेको थिएन । कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपमा एमालेको तीनजना कार्यकर्ता घाइते भएका थिए ।
बोगटीले गरे मतदान
एकीकृत माओवादीका नेता एवम् नुवाकोट क्षेत्र नम्बर ३ का प्रत्यक्षतर्फका उम्मेदवार पोष्टबहादुर बोगटीले पनि मतदान गर्नु भएको छ । बोगटीले आफ्नो जन्मथलो तुप्चे २ स्थित चण्डेश्वरी उमाविको मतदान केन्द्रमा पुगेर मतदान गर्नु भएको हो ।
बाँकेमा सय वर्षमाथिका पति पत्नीले मतदान गरे
बाँके जिल्लाको सीतापुर गाविस-५ गौघाट निवासी ११२ वर्षीय प्रताप विष्ट र उहाँकी पत्नी मोती बस्नेतले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गुरासपुर मतदान केन्द्रबाट भोट लगाउनुभएको छ । छोरा रामबहादुर बस्नेतको सहयोगमा साइकलमा मतदान केन्द्रसम्म पुगेर दुवैजनाले मतदान गर्नुभएको हो ।
भक्तपुरको ब्यासीमा मतदान सुरु हुन सकेन
भक्तपुरको शारदा उच्चमावि ब्यासी मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन । एमाओवादी र नेमकिपावीच एजेन्टको राख्ने विषयमा विवाद भएपछि मतदान सुरु हुन नसकेको हो ।
धनकुटा क्षेत्र नं १ अन्तरगत मौनाबुधुक उच्च माविको मतदान केन्द्र । धनकुटा १ मा संघीय समाजवादीका रकम चेम्जोङ, एमाओवादीका हेमराज भण्डारी, एमालेका टीका चेम्जोङ र कांग्रेसका अजितनारायण थापावीच प्रतिस्पर्धा हुँदैछ । तस्वीर/टीका कोइराला
राजेश हमालले भने- खेर नजाओस्
नायक राजेश हमालले लैनचौरको शान्ति बिद्यागृह मतदान केन्द्रमा मतदान गरेपछि भने- ‘म लगायत सम्पूर्ण नेपालीहरुको यसपटकको हाम्रो मत खेर नजावोस, मुलुकले संबिधान पाओस् ।’
नायक राजेश हमालले लैनचौरको शान्ति बिद्यागृह मतदान केन्द्रमा मतदान गरेपछि भने- ‘म लगायत सम्पूर्ण नेपालीहरुको यसपटकको हाम्रो मत खेर नजावोस, मुलुकले संबिधान पाओस् ।’
वैद्य माओवादीका कार्यकर्ताले मतपत्र लुटे
दैलेख क्षेत्र नं. २ को चामुन्डा हाडाकोतस्थित मतदान केन्द्रबाटै वैद्य माओवादीका कार्यकर्ताले केहीबेर अघि मतपत्र लुटेका छन् । मतपत्र लुटिएपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेका छन् । मतपत्र लुटिएपछि सो मतदान केन्द्रको स्थिति तनावग्रस्त बनेको छ ।
एमाले सचिव शंकर पोख्रेलद्वारा मतदान
एमालेका सचिव शंकर पोख्रेल एवम् दाङ क्षेत्र नम्बर ४ का प्रत्यक्ष उम्मेदवार शंकर पोख्रेलले मतदान गर्नु भएको छ । उहाँले विहान साढे ७ बिजौरीस्थित आयुवेद क्याम्पसमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नु भएको हो ।
रविन्द्र अधिकारी कास्कीमा मतदान गर्दै
गगन थापाको भोट
नेपाली काँग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं ४मा उमेद्वार रहुनभएका गगन कुमार थापाले काठमाडौ मैतिदेबीस्थित मतदानकेन्द्रमा मतदान गर्नुभएको छ। बिहान सवा ८ बजे थापाले मतदान गर्नुभएको हो । मतदान गरेपछि संवाददाताहरुसँग कुरा गर्दै काठमाडौं चारको निर्वाचन परिणामले काठमाडौंका मतदाता शान्ति स्थिरताको पक्षमा तथा हिंसाको विपक्षमा रहेको पुष्टी गर्ने विश्वास व्यक्त गर्नुभयो।
मतदान गर्नु जानुअघी थापालाई छोरी गार्गी लगायतका परिवारले शुभसाइत गरेर पठाउनुभएको थियो।
मत पेटिकामा मत खसाल्दै गगन थापा
देशभरी मतदानप्रकृया शान्तिपूर्ण
मंगलबार विहान सात बजेदेखि सुरु संविधानसभाको दोस्रो निर्वाचनमा साढे ८ बजेसम्म मतदान प्रकृया शान्तिपूर्ण रहेको छ । विहानै देखि मतदान केन्द्रमा मतदाताहरूको लामो लाइन लागेको छ । देशका केही मतदान केन्द्रमा मतदान प्रकृया सुरू हुन नसकेपनि देशभरका अन्य मतदान केन्द्रमा मतदान शान्तिपूर्णरूपमा चलिरहेको नेपाल प्रहरीले जनाएको छ ।
झलनाथ खनालद्वारा फिक्कलबाट मतदान
एमालेका अध्यक्ष झलनाथ खनालले फिक्कलबाट मतदान गर्नुभएको छ । उहाँ इलामको क्षेत्र नम्बर एक कै उम्मेद्वार हुनुहुन्छ भने आफ्नै उम्मेद्वारी भएको क्षेत्रबाट खनालले मतदान गर्नुभएको हो ।
एमालेका अध्यक्ष झलनाथ खनालले फिक्कलबाट मतदान गर्नुभएको छ । उहाँ इलामको क्षेत्र नम्बर एक कै उम्मेद्वार हुनुहुन्छ भने आफ्नै उम्मेद्वारी भएको क्षेत्रबाट खनालले मतदान गर्नुभएको हो ।
कांग्रेस महामन्त्री सिटौलाद्वारा चन्दगढीमा मतदान
नेपाली काँग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर ३ का प्रत्यक्षतपर्फका उम्मेदवार कृष्णप्रसाद सिटौलाले झापा २ नम्बर क्षेत्रको चन्द्रगढी मतदान केन्द्रवाट मतदान गर्नु भएको छ । सिटौलाले केहीबेरअघिमात्रै चन्द्रगढी मतदान केन्द्रमा पुगेर मतदान गर्नु भएको हो ।
मन्त्रिपरिषद अध्यक्ष रेग्मीद्वारा मतदान
चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बानेश्वर हाईटस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । वहाँले केहीबेर अघि मतदान गर्नुभएको हो ।
कमल थापाद्वरा मतदान
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडास्थित पिप्लेको बालज्वती उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
रोल्पाको थवाङमा मतदान सुरू हुन सकेन
चुनाव बहिस्कार अभियानमा रहेका वैद्य माओवादीका कार्यकर्ताहरूले रोल्पाका केही गाविसका मतदान केन्द्रहरूमा मतदान प्रकृयामा अवरोध गरेका छन् । वैद्य माओवादीको बलियो पकड रहेको थवाङमा विहान ८ बजेसम्म मतदान प्रकृया अझै सुरू हुन सकेको छैन । मतदानप्रकृया सुरू गराउन छलफल र वार्ता भएपनि थवाङस्थित मतदान केन्द्रमा एकजना पनि भोट हाल्न नपुगेका हुन् । रोल्पाका विभिन्न गाविसमा मतदान प्रकृया अवरोध गर्ने प्रयास भएपछि ती क्षेत्रमा थप सेना प्रहरी परिचालन गरिएको छ ।
बझाङ १ को पाटादेवल केन्द्रमा मतदान हुन सकेन
कांग्रेस र एमाले कार्यकर्ताबीच गयराति झडप भएको बझाङ क्षेत्र नं. १ को पाटादेवल मतदान केन्द्रमा अझै मतदान शुरु हुन सकेको छैन । विहान ७ बजेबाट शुरु गरिनुपर्ने मतदान प्रकृया दुई पार्टीका कार्यकर्ताबीचको झडप साम्य भइनसकेकाले मतदान सुरु हुन नसकेको हो ।
कार्टरद्वारा भक्तपुरका मतदान केन्द्र अवलोकन
संविधानसभा निर्वाचन पर्यवेक्षण गर्न नेपालमा रहनुभएका अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर बिहान ७ बजेदेखि भक्तपुरका विभिन्न मतदान केन्द्रमा चुनावी गतिविधिको अवलोकन गरिरहनुभएको छ । कार्टरले भक्तपुर नपा वडा नं. १३ र १५ को गतिविधि अवलोकन गर्नुभएको हो ।
कार्टरले गरेको अवलोकन हेर्नुहोस्
कांग्रेस उपसभापति पौडेलद्वारा मतदान
कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले तनहुँको दमौलीस्थित सत्यवती उच्च माध्यमिक विद्यालयको ख केन्द्रबाट मतदान गर्नुभएको । वहाँले पहिलो मतदाताका रुपमा सो केन्द्रबाट विहान ७ बजे मतदान गर्नुभएको हो ।
स्याङ्जामा तीन मतदान कर्मचारीलार्इ कारबाही
स्याङ्जाको जनता मावि खुलाडिही मतदान केन्द्रमा खटिएका तीन कर्मचारीले पार्टी कार्यकर्तासँग साँठगाँठ गरेको आरोपमा कारबाही स्वरुप फिर्ता बोलाइएको छ ।
स्याङ्जाको जनता मावि खुलाडिही मतदान केन्द्रमा खटिएका तीन कर्मचारीले पार्टी कार्यकर्तासँग साँठगाँठ गरेको आरोपमा कारबाही स्वरुप फिर्ता बोलाइएको छ ।
निलकण्ठ उप्रेतीद्वारा बानेश्वरमा मतदान
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सहकारी प्रशिक्षण केन्द्र बानेश्वरमा रहेको मतादन केन्द्रबाट विहान ७ बजे सो केन्द्रको पहिलो मतदान गर्नुभएको छ ।
कास्कीको निर्वाचन क्षेत्र नम्बर २ स्थित कालिका उच्च माविको मतदान केन्द्रमा भोट हाल्दै सर्वसाधारण
-पूर्वसभामुख सुवास नेम्वाङले मतदान गर्नुभयो
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलाम क्षेत्र नं ३ बाट मतदान गर्नुभएको छ । नेम्वाङ आफूचाहिँ इलाम क्षेत्र नं २ बाट उम्मेद्वार हुनुहुन्छ । उहाँले इलाम नगरपालिका २ को बालमन्दिर मतदान केन्द्रबाट मत हाल्नुभएको हो ।
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलाम क्षेत्र नं ३ बाट मतदान गर्नुभएको छ । नेम्वाङ आफूचाहिँ इलाम क्षेत्र नं २ बाट उम्मेद्वार हुनुहुन्छ । उहाँले इलाम नगरपालिका २ को बालमन्दिर मतदान केन्द्रबाट मत हाल्नुभएको हो ।
माधव नेपालद्वारा रौतहटमा मतदान
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गृहजिल्ला रौतहटमा विहानै मतदान गर्नुभएको छ । रौतहट क्षेत्र नं. १ को गौर नपा-३ स्थित रामजानकी प्राविका मतदान केन्द्रमा विहान ७ बजेर १५ मिनेटमा नेपालले मतदान गर्नुभएको हो । नेपाल यो क्षेत्रको उम्मेद्वार समेत हुनुहुन्छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गृहजिल्ला रौतहटमा विहानै मतदान गर्नुभएको छ । रौतहट क्षेत्र नं. १ को गौर नपा-३ स्थित रामजानकी प्राविका मतदान केन्द्रमा विहान ७ बजेर १५ मिनेटमा नेपालले मतदान गर्नुभएको हो । नेपाल यो क्षेत्रको उम्मेद्वार समेत हुनुहुन्छ ।
सुशील कोइरालाले गर्नु भो आफैंलाई मतदान
कांग्रेस सभापति सुशील कोइरालाले बाँकेबाट मतदान गर्नुभएको छ । सभापति कोइरालाले विहान ७ बजेर १६ मिनेटमा आफैंलाई मतदान गर्नुभएको छ । सभापति कोइराला यही क्षेत्रबाट उम्मेद्वार हुनुहुन्छ ।
संविधानसभाको निर्वाचनमा मतदान गर्न विहानै बाँके क्षेत्र नं. ३ स्थित मतादन केन्द्रमा पुग्नुभएको हो । बाँके क्षेत्र नं. ३ स्थित मतदान केन्द्रमा विहान ७ बजे नै पुग्नुभएका सभापति कोइरालाले मतदानका लागि १० मिनेटसम्म उभिनुपरेको थियो ।
कांग्रेस सभापति सुशील कोइरालाले बाँकेबाट मतदान गर्नुभएको छ । सभापति कोइरालाले विहान ७ बजेर १६ मिनेटमा आफैंलाई मतदान गर्नुभएको छ । सभापति कोइराला यही क्षेत्रबाट उम्मेद्वार हुनुहुन्छ ।
संविधानसभाको निर्वाचनमा मतदान गर्न विहानै बाँके क्षेत्र नं. ३ स्थित मतादन केन्द्रमा पुग्नुभएको हो । बाँके क्षेत्र नं. ३ स्थित मतदान केन्द्रमा विहान ७ बजे नै पुग्नुभएका सभापति कोइरालाले मतदानका लागि १० मिनेटसम्म उभिनुपरेको थियो ।
मतदानपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै सभापति कोइरालाले एक वर्षभित्र संविधान बन्ने विश्वास व्यक्त गर्नुभएको छ । उहँले मतदाताहरुलाई निर्भयतापूर्वक मतदानमा भाग लिन आह्वान समेत गर्नुभएको छ ।
यसरी हुँदैछ मतदान
निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।निर्वाचन आयोगले मतदान स्थलहरुमा मोवाइल, क्यामरा जस्ता विद्युतीय उपकरणहरु लैजान प्रतिवन्ध लगाएको छ । विहान ५ बजेबाट मध्यरात १२ बजेसम्म अनुमति लिएका बाहेकका सवारी सञ्चालनमा समेत रोक लगाइएको छ ।
प्रत्यक्षतर्फ २ सय ४० सिटका लागि ६ हजार १ सय २७ र समानुपातिकमा ३ सय ३५ सिटमा १० हजार ७ सय ९ गरी १६ हजार ८ सय ३६ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रत्यक्षतर्फ २ सय ४० सिटका लागि ६ हजार १ सय २७ र समानुपातिकमा ३ सय ३५ सिटमा १० हजार ७ सय ९ गरी १६ हजार ८ सय ३६ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रत्यक्षतर्फ हल्का नीलो र समानुतिकका लागि हल्का रातो मतपत्र छ । मतदाताले मतदान केन्द्रमा रहेको मतसंकेत गर्ने गोप्य कक्षमा गई मतपत्रमा स्वस्तिक चिह्न लगाएर मतदान गर्नुपर्छ । मतदान गर्न जाँदा आयोगले उपलब्ध गएको मतदाता परिचय पत्र वा नागरिकता, लाइसेन्स, राहदानी लगायतका परिचयपत्र चाहिन्छ । महिला र पुरुषका लागि छुट्टा–छुट्टै लाइनको व्यवस्था गरिएको छ । निर्वाचन आयोगले अशक्त, अपाङ्गता भएका, सुत्केरी र ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म पुग्न सघाउन राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ ।onlinekhabar
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses