Amazing News
»
जवान देखिन आफ्नै पिसाब पिउँछिन् बेलायति महिला सिल्विया
जवान देखिन आफ्नै पिसाब पिउँछिन् बेलायति महिला सिल्विया
तपाईं आफूलाई स्वस्थ र फिट राख्नका के–के सम्म गर्न सक्नुहुन्छ ? के त्यसको लागि तपाईं आफ्नो पिसाब पनि पिउन सक्नुहुन्छ ? यो सुनेर तपाईंलाई घिन लागिरहेको होला तर यो साँचो हो कि तपाईंले आफ्नो पिसाब पिउन सक्नुभयो भने स्वस्थ हुनलाई सघाउँछ ।
दुनियाँमा एउटा त्यस्तै महिला छिन् जो स्वस्थ हुनका लागि दिनहुँ आफ्नो पिसाब पिउने गर्छिन् । बेलायतस्थित बर्मिघमका ६३ वर्षीया महिला सिल्विया चाडलरले आफू जवान देखिरहनका लागि २० वर्षदेखि आफ्नो पिसाब पिउँदै आएकी छिन् ।
उनी भन्छिन्, ‘यस उमेरमा पनि जवान देखिनका लागि सबैभन्दा मुख्य रहस्य यो हो कि म हरेक दिन एक गिलास आफ्नै पिसाब पिउँछु ।’ यति मात्र होइन सिल्वियाले आफ्नो पिसाबले आफ्नै कपाल समेत धुने देखि अनुहारमा मोइस्चरबाट छुट्कारा पाउन समेत प्रयोग गर्ने गर्छिन् ।
दुई सन्तानकी आमा सिल्वियाले फिसाबको सेवनबाट पछिल्लो एक दशक उनी टाक्टरकहाँ जान नपरेको बताइन् । सिल्म र सुगठित शरिर देखाउनका लागि पिसाब अमृत नै भएको उनको विश्वास छ । तर, कमजोर मानिसहरु यस्ता खाले आँट गर्न नसक्ने पनि उनी दाबी गर्छिन् ।
उनी भन्छिन्, ‘पिसाब पिउनाले बुढेसकालसम्म पनि उर्जा दिइरहन्छ । मैले कुनै पुरुषलाई आफ्नो वास्तविक उमेर भन्दा अहिले कसैले पत्याउँदैनन् । म पिसाब खाएर नै जवान छु ।’ सिल्विया बिहानै एक गिलास र दिउँसो एक गिलास आफ्नो पिसाब पिउने गरेकी बताउँछिन् ।
पिसाब सेवनले उनलाई कहिल्यै रुघाखोकी पनि नलागेको र फिगर पनि मेन्टेन भइरहेको बताउँछिन् । उनले यसको फाइदा पश्चात बर्मिघममा आफ्नै एक क्लिनिक समेत खोलेकी छिन् ।
भीष्मको स्थानीय भूमिकामा सुनिल पोखरेल कस्तो देखिएला ? भोलि रसियन कल्चरल सेन्टर कमलपोखरीमा दिउँसो ३ बजे ‘वनफूल’को च्यारिटी शो हेरेपछि यो पनि थाहा हुन्छ ।
0 comments
Write Down Your Responses