तेल बोकेको ट्याङकरसँग बस ठोक्किदा ४० को मृत्यु |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

हैदरावाद, १२ कात्तिक । भारतको आन्ध्र प्रदेशस्थित महबुबरनगर जिल्लामा आज बिहान तेल बोकेको ट्याङकरसंग ठोक्किदाँ एक यात्रुबहाक बसमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । बंगलोरबाट हैदरावाद गइरहेको उक्त बस कोथाकोटा नजिकै आगलागी हुँदा ७ जनाले भने भागेर ज्यान जोगाउन सफल भएका स्थानीय प्रहरीको भनाई उदृत गर्दै बीबीसीले जनाएको छ ।



एसी समेत भएको उक्त बसमा ५० भन्दा बढी यात्रु सवार थिए । बसमा आगलागी हुँदा अधिकांश यात्रु सुतिरहेका थिए । बसको इन्धन ट्यांकी सडक किनाराको एक ‘कल्वर्ट’मा ठोक्किएपछि आगलागी भएको जनाइएको छ ।

बस ब्याङगलोरबाट हैदराबाद जाँदै थियो । केही यात्रु झ्यालको सिसा फोडेर भाग्न हामफाल्न भ्याएका थिए । हाल घट्नास्थलमा प्रहरी पुगिसकेको छ

स्थानीय समय अनुसार आज बिहान करिब ५ बजे बसमा आगालागी भएको थियो । घटनामा परी जीवित रहेको व्यक्तिहरुको उद्दार कार्य जारी रहेको छ भने ज्यान गुमाएकाहरुको शव हैदरावादस्थित सरकारी अस्पतालमा पठाइएको बीबीसीले जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses